खाँदबारीमा खानेपानी आपूर्ति ठप्प « Khabarhub

खाँदबारीमा खानेपानी आपूर्ति ठप्प


३० भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– सदरमुकाम खाँदबारीमा खानेपानी आपूर्ति बन्द भएको छ । आइतबार राति वर्षासँगै आएको पहिरोले खानेपानीको मुहान पहिरोले पुरिएपछि आपूर्ति बन्द भएको हो ।

उक्त आयोजनाबाट खाँदबारी बजारका करिब एक हजार परिवार लाभान्वित हुँदै आएका थिए । खाँदबारी नगरपालिका–४ महभिरमा पहिरोले पाइप बगाएपछि खाँदबारीमा पानी आपूर्ति अवरुद्ध भएको खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष दिव्यराज बरालले जानकारी दिए । 

पहिरोले यसअघि यही भदौ ५ गते पहिरोले मुहानको इन्टेक पुरेको थियो । करिब एक साता खानेपानी वितरण ठप्प भएको थियो ।

खानेपानी अवरुद्ध भएपछि तत्कालका लागि खाँदबारी–७  सेनाको क्याम्पमा रिजर्भमा रहेको ट्यांकीबाट वितरण गरिने अध्यक्ष बरालले बताए। 

मर्मतका लागि आजैदेखि टोली परिचालन गरिएको र चाँडै खानेपानी आपूर्ति सञ्चालन गरिने उनको भनाइ छ । खानेपानी आपूर्ति रोकिएपछि स्थानीयवासी पुराना कुवामा निर्भर भएका छन् ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  १ : २९ बजे

टेलिकमको टावरमा समस्या, मुगु र हुम्लाका बस्तीमा सञ्चार सेवा प्रभावित

मुगु– मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिङ्क

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

रसुवा– यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति