एमाले नेता झपट रावलको प्रस्ताव : पुरानो नेतृत्वले कार्यकारी भूमिका छोडेर पार्टी पुन:निर्माण गरौँ « Khabarhub

एमाले नेता झपट रावलको प्रस्ताव : पुरानो नेतृत्वले कार्यकारी भूमिका छोडेर पार्टी पुन:निर्माण गरौँ


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य झपटबहादुर रावलले भदौ २३ र २४ को जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।

रावलले देशमा देखिएको निराशा, असन्तुष्टि र दलहरूको असक्षम नेतृत्वकै कारण मुलुक गम्भीर संकटमा फसेको बताएका छन्।

आन्दोलन उपलब्धिमूलक भयो कि भएन भन्ने कुरा अहिले भन्न नसकिने भए पनि संविधानको वकालत गर्नेहरूले नै गैरसंवैधानिक बाटो अवलम्बन गरेको देखिनु चिन्ताजनक भएको उनको भनाइ छ।

एमालेभित्रै पनि निरन्तर सुधारका प्रस्ताव ल्याइरहेको दाबी गर्दै उनले पुरानो नेतृत्वले अब अभिभावकीय भूमिकामा सीमित भई नयाँ पुस्तालाई अगाडि ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

‘यस दु:खद घडीमा म सम्पूर्ण पार्टीका इमानदार नेता-कार्यकर्तासमक्ष अनुरोध गर्दछु देश हाम्रो हो, यसलाई हामीले नै बनाउनुपर्छ । धैर्य र संयम नगुमाऔं’, उनले भने, ‘जनआक्रोश शान्त पार्न पुरानो नेतृत्वले कार्यकारी भूमिका छाडेर अभिभावकीय भूमिकामा बस्नुपर्छ। यो पार्टी पुनर्निर्माणको अवसर पनि हो, यसलाई सदुपयोग गरौँ ।’

रावलले लामो समयदेखि विद्यार्थी, युवा हुँदै एमालेको केन्द्रीय कमिटीमा आबद्ध भएको आफ्नो तेस्रो कार्यकाल रहेको बताएका छन् ।

‘विद्यार्थी र युवा हुँदै सचेत नागरिकको रूपमा भूमिका निर्वाह गर्दै आएको छु। अहिलेको सामाजिक मनोविज्ञान हेर्दा राजनीतिक दलमा आबद्ध हुनु नै अपराध हो भन्नेजस्तो चित्रण भइरहेको छ’, उनले भनेका छन्, ‘समाजलाई विभाजित गरी आपसमा लडाउने र देशलाई गृहयुद्धतिर धकेल्ने आपराधिक मानसिकता सक्रिय देखिन्छ।’

उनले राजनीतिक दलबिनाको लोकतन्त्र परिकल्पना गर्नु गलत भएको बताएका छन् । ‘राजनीतिक दलबिनाको लोकतन्त्रको परिकल्पना गर्ने कस्तो मानसिकता हो? कुनै दल वा सिद्धान्तसँग सहमत भई आबद्ध हुनु अपराध हो?’, उनले भनेका छन्, ‘यो कुरा उठाउँदा मलाई गालीको वर्षा हुने हेक्का छ, तर झ्यालबाट हेरेर धारणा बनाउनु नेतृत्व गर्ने व्यक्तिको अर्को अपराध हो भन्ने पनि बुझ्छु ।’

उनले अबको निर्वाचनमा उम्मेदवार बन्न शैक्षिक योग्यता तोक्नुपर्ने बताएका छन् । रावलले प्रतिनिधि सभा सदस्यका लागि स्नातक, प्रदेश सभा सदस्यका लागि स्नातक (हाल विद्यमान व्यावस्थाको हकमा मात्रै) र स्थानीय तह प्रमुखका लागि १०+२ वा त्यससरह प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  २ : ३८ बजे

स्वास्थ्य परीक्षणपछि इमरान फेरि जेल फिर्ता

एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै