उपमहानगरको गाडी जलेपछि युवाले उठाउन थाले फोहोर « Khabarhub

उपमहानगरको गाडी जलेपछि युवाले उठाउन थाले फोहोर


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिकाको फोहोर फाल्ने गाडीमा आगजनी भएर फोहर नउठेपछि युवाहरूले उठाउने अभियान थालेका छन् । 

तुलसीपुरका दुई युवा भूपेन्द्र वली र प्रकाश भण्डारीले बजारमा व्यापक फोहोर भएपछि यो अभियान थालेको बताए।

‘उपमहानगरपालिकाको गाडी जलेको छ, त्यसैले फोहोर उठेको छैन’, वलीले भने, ‘फोहोर नउठेपछि बजार नै दुर्गन्धित हुन थाल्यो, त्यसैले हामीले यो अभियान थालेका हौँ ।’

उपमहानगरपालिकाले फोहोर उठाउन सुरु नगर्दासम्म आफूहरूले यो अभियान थाल्ने वलीको भनाइ छ । उपमहानगरपालिकासँग समन्वय गरेर यो कार्य गरिएको उनको भनाइ छ ।  दुई कर्मचारी राखेर यसरी फोहोर उठाउन थालिएको हो । 

समाजलाई अफ्ठेरो पर्दा युवाले यस्ता अभियान सुरु गर्नुपर्ने भन्दै ट्याक्टर भाडामा लिएर भए पनि यो अभियान सुरु गरेको उनको भनाइ छ । जेन-जीको प्रदर्शनका क्रममा उपमहानगरपालिकाको फोहोर फाल्ने गाडीसमेत जलेको थियो । जसले गर्दा एक हप्तादेखि तुलसीपुर बजारभित्रको फोहोर उठ्न सकेको थिएन । 

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  २ : ४१ बजे

सुकुम्वासीको पक्षमा एमाले, बस्ती हटाउने नाममा बल प्रयोग नगर्न सरकारलाई चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले सुकुम्वासी बस्तीहरू जबरजस्ती

व्यवस्थापन प्रक्रियालाई सघाउन वास्तविक सुकुम्बासीलाई प्रहरीको आग्रह

काठमाडौं- सरकारले सुरु गर्न लागेको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल

यस्तो छ सुकुम्वासीका लागि बनाइएका भवनको हालत

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका-१ रहेको रानी वनमा सुकुम्वासीका लागि सरकारले

सिन्धुली प्रहरीको हिरासतमा युवाको मृत्यु प्रकरण छानबिन गर्न डीआईजी नेतृत्वको समिति

काठमाडौं- प्रहरीले सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा एकजना युवकको

एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले एकै पटक १७ जना चिकित्सकको दर्ता