कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु  « Khabarhub

कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु 


३० भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधाबापत आउने सबै रकम जेन-जी आन्दोलनमा सहिद भएका नाममा खडा हुने कोषलाई दिने बताएका छन् । 

सिंहदरबारमा सोमबार पदभार ग्रहण गर्दै उनले असामान्य परिस्थितिमा आफू मन्त्री बनेको हुँदा पदमा बसेर पाउने सबै रकम कोषलाई दिने निर्णय सुनाए हुन् । 

सरकारबाट पाउन अन्य सेवा सुविधा पनि कम मात्रै लिन उनको आशय छ । सुरक्षाका कारण देखाइ उनले सुरक्षाकर्मी र आवास भने प्रयोग गर्ने बताए । 

उनले भने, ‘सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मी र आवासबाहेक अन्य कुनै सुविधा लिनेछैन ।’

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कुलमानले ऊर्जासहित, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ३ : ३२ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व