कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु  « Khabarhub

कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु 


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधाबापत आउने सबै रकम जेन-जी आन्दोलनमा सहिद भएका नाममा खडा हुने कोषलाई दिने बताएका छन् । 

सिंहदरबारमा सोमबार पदभार ग्रहण गर्दै उनले असामान्य परिस्थितिमा आफू मन्त्री बनेको हुँदा पदमा बसेर पाउने सबै रकम कोषलाई दिने निर्णय सुनाए हुन् । 

सरकारबाट पाउन अन्य सेवा सुविधा पनि कम मात्रै लिन उनको आशय छ । सुरक्षाका कारण देखाइ उनले सुरक्षाकर्मी र आवास भने प्रयोग गर्ने बताए । 

उनले भने, ‘सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मी र आवासबाहेक अन्य कुनै सुविधा लिनेछैन ।’

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कुलमानले ऊर्जासहित, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ३ : ३२ बजे

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर