फिनिक्स चराको कथा सुनाउँदै प्रदीप ज्ञवालीले भने- एमालेलाई खरानीबाट पुनर्जीवन पाउने जनताको बरदान छ | Khabarhub Khabarhub

फिनिक्स चराको कथा सुनाउँदै प्रदीप ज्ञवालीले भने- एमालेलाई खरानीबाट पुनर्जीवन पाउने जनताको बरदान छ


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले खरानीकै थुप्रोमा टेकेर एमालेले फेरि उभिने बताएका छन् ।

गत मंगलबार र बुधबार जेन-जी आन्दोलनका नाममा भएको देशव्यापी विध्वंशपछि सोमबार पार्टी कार्यालय च्यासल पुगेका ज्ञवालीले यी सबै घटनाक्रमको समीक्षा हुने बताए ।

उनले अहिले सुरक्षाकर्मीलाई सहयोगको खाँचो रहेको बताए । ‘छानो बनाएर हुन्छ कि जस्तापाता लगिदिएर हुन्छ कि पानी दिएर हुन्छ कि एक छाक खाना खुवाएर हुन्छ कि सुरक्षाकर्मीको सहयोगमा खटिनु होला’, उनले कार्यकर्तालाई भनेका छन् ।

ज्ञवालीले विध्वंशको आक्रोश मनभरी भए पनि अहिले सम्हालिनुपर्ने बताए । ‘कुनै बेला तपाईं हर्षित हुनुहुन्छ । त्यस्तो बेलामा कुनै वचन नलगाउनु । रिस र आवेगमा हुँदा जवाफ नफर्काउनु । जतिबेला उदास भएका बेला कुनै निर्णय नलिनुस्, उदासीमा लिएका निर्णयले हामीलाई संकटमा पार्छ’, उनले भने, ‘अहिलेको घटनाको समीक्षा समय आएपछि हुन्छ । नयाँ ढंगले अघि बढ्ने कुराको पनि पनि समय आउँछ । सबै कुराको समीक्षा हुनेछ । हाम्रा भित्री कुराबारे कुरा चर्चा हुनेछ ।’

उनले अहिलेको जेन-जी आन्दोलनको यो पहिलो भाग मात्रै भएको आशंका गरे । ‘यो आन्दोलनको पृष्ठभूमिमा सतहमा देखिएका भन्दा धेरै गहिरो योजना र कारणहरू छन्’, उनले भने, ‘अहिलेको योजना बनाउनेहरू अझै रोकिनेवाला छन् । यो पार्ट १ मात्रै हो । अर्को पार्टको पनि तयारी गरिरहेका छन्।’

उपमहासचिव ज्ञवालीले एमालेमाथि भएको अहिलेको आक्रमणपछि कार्यकर्तालाई २०६४ सालमा फर्काउँदै फिनिक्स चराको कथा पनि सुनाए।

‘२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा जब हामी ३३ सिटमा खुम्चियौँ, त्यसबेला अब आन्दोलन सकियो भनेर धेरैले निष्कर्ष सुनाए । तर मैले त्यसबेला एउटा आर्टिकल लेखेको थिएँ,‘फिनिक्स पंक्षी र एमालेको पुनर्जीवन’ शीर्षकमा ’, उनले भने ।

ज्ञवालीले फिनिक्स चराबारे पौराणिक कथाको विवरणलाई अहिलेको विध्वंशसँग तुलना गरे । ‘फिनिक्स भन्ने पंक्षीबारे एउटा पौराणिक कथा छ । त्यो कुनै ग्रन्थमा लेखिएको छ’, उनले भने, ‘एउटा सुन्दर चरो, जुन लामो समय बाँच्छ र उचाइसम्म उडेर जान सक्छ । त्यो चरो उड्दै उड्दै गएर आफ्नै पखेँटामा आगो लागेर सकिन्छ र खरानी हुन्छ। तर त्यसलाई त्यही खरानीबाट पुनर्जीवन पाउने बरदान मिलेको हुन्छ। एमालेलाई पनि त्यो बरदान नेपाली जनताले दिएका छन् । हामीलाई खरानीमा टेकेर फेरि पलाउने बरदान अरू कसैले होइन नेपाली जनताले दिएका छन् । एमालेलाई जनताबाट मिलेको बरदानले हामी खरानी टेकेर फेरि उभिनेछौँ ।

उनले यो विध्वंशबारे अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको भनाइ दोहोर्‍याए । ‘यो विध्वंशको सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले भनिसक्नु भएको छ । यसरी आगजनी गर्ने कोही पनि नेपाली होइनन् भनेर उहाँले भने जस्तै हाम्रो पनि निष्कर्ष त्यही हो’, उनले भने, ‘हामी दृढताका साथ बोल्न तयार छौँ । तर अहिलेलाई हामी समीक्षासहित बिस्तारै अघि बढौँ ।’

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ५ : ०९ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार