फिनिक्स चराको कथा सुनाउँदै प्रदीप ज्ञवालीले भने- एमालेलाई खरानीबाट पुनर्जीवन पाउने जनताको बरदान छ « Khabarhub

फिनिक्स चराको कथा सुनाउँदै प्रदीप ज्ञवालीले भने- एमालेलाई खरानीबाट पुनर्जीवन पाउने जनताको बरदान छ


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले खरानीकै थुप्रोमा टेकेर एमालेले फेरि उभिने बताएका छन् ।

गत मंगलबार र बुधबार जेन-जी आन्दोलनका नाममा भएको देशव्यापी विध्वंशपछि सोमबार पार्टी कार्यालय च्यासल पुगेका ज्ञवालीले यी सबै घटनाक्रमको समीक्षा हुने बताए ।

उनले अहिले सुरक्षाकर्मीलाई सहयोगको खाँचो रहेको बताए । ‘छानो बनाएर हुन्छ कि जस्तापाता लगिदिएर हुन्छ कि पानी दिएर हुन्छ कि एक छाक खाना खुवाएर हुन्छ कि सुरक्षाकर्मीको सहयोगमा खटिनु होला’, उनले कार्यकर्तालाई भनेका छन् ।

ज्ञवालीले विध्वंशको आक्रोश मनभरी भए पनि अहिले सम्हालिनुपर्ने बताए । ‘कुनै बेला तपाईं हर्षित हुनुहुन्छ । त्यस्तो बेलामा कुनै वचन नलगाउनु । रिस र आवेगमा हुँदा जवाफ नफर्काउनु । जतिबेला उदास भएका बेला कुनै निर्णय नलिनुस्, उदासीमा लिएका निर्णयले हामीलाई संकटमा पार्छ’, उनले भने, ‘अहिलेको घटनाको समीक्षा समय आएपछि हुन्छ । नयाँ ढंगले अघि बढ्ने कुराको पनि पनि समय आउँछ । सबै कुराको समीक्षा हुनेछ । हाम्रा भित्री कुराबारे कुरा चर्चा हुनेछ ।’

उनले अहिलेको जेन-जी आन्दोलनको यो पहिलो भाग मात्रै भएको आशंका गरे । ‘यो आन्दोलनको पृष्ठभूमिमा सतहमा देखिएका भन्दा धेरै गहिरो योजना र कारणहरू छन्’, उनले भने, ‘अहिलेको योजना बनाउनेहरू अझै रोकिनेवाला छन् । यो पार्ट १ मात्रै हो । अर्को पार्टको पनि तयारी गरिरहेका छन्।’

उपमहासचिव ज्ञवालीले एमालेमाथि भएको अहिलेको आक्रमणपछि कार्यकर्तालाई २०६४ सालमा फर्काउँदै फिनिक्स चराको कथा पनि सुनाए।

‘२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा जब हामी ३३ सिटमा खुम्चियौँ, त्यसबेला अब आन्दोलन सकियो भनेर धेरैले निष्कर्ष सुनाए । तर मैले त्यसबेला एउटा आर्टिकल लेखेको थिएँ,‘फिनिक्स पंक्षी र एमालेको पुनर्जीवन’ शीर्षकमा ’, उनले भने ।

ज्ञवालीले फिनिक्स चराबारे पौराणिक कथाको विवरणलाई अहिलेको विध्वंशसँग तुलना गरे । ‘फिनिक्स भन्ने पंक्षीबारे एउटा पौराणिक कथा छ । त्यो कुनै ग्रन्थमा लेखिएको छ’, उनले भने, ‘एउटा सुन्दर चरो, जुन लामो समय बाँच्छ र उचाइसम्म उडेर जान सक्छ । त्यो चरो उड्दै उड्दै गएर आफ्नै पखेँटामा आगो लागेर सकिन्छ र खरानी हुन्छ। तर त्यसलाई त्यही खरानीबाट पुनर्जीवन पाउने बरदान मिलेको हुन्छ। एमालेलाई पनि त्यो बरदान नेपाली जनताले दिएका छन् । हामीलाई खरानीमा टेकेर फेरि पलाउने बरदान अरू कसैले होइन नेपाली जनताले दिएका छन् । एमालेलाई जनताबाट मिलेको बरदानले हामी खरानी टेकेर फेरि उभिनेछौँ ।

उनले यो विध्वंशबारे अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको भनाइ दोहोर्‍याए । ‘यो विध्वंशको सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले भनिसक्नु भएको छ । यसरी आगजनी गर्ने कोही पनि नेपाली होइनन् भनेर उहाँले भने जस्तै हाम्रो पनि निष्कर्ष त्यही हो’, उनले भने, ‘हामी दृढताका साथ बोल्न तयार छौँ । तर अहिलेलाई हामी समीक्षासहित बिस्तारै अघि बढौँ ।’

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ५ : ०९ बजे

सुकुम्वासीको पक्षमा एमाले, बस्ती हटाउने नाममा बल प्रयोग नगर्न सरकारलाई चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले सुकुम्वासी बस्तीहरू जबरजस्ती

व्यवस्थापन प्रक्रियालाई सघाउन वास्तविक सुकुम्बासीलाई प्रहरीको आग्रह

काठमाडौं- सरकारले सुरु गर्न लागेको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल

यस्तो छ सुकुम्वासीका लागि बनाइएका भवनको हालत

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका-१ रहेको रानी वनमा सुकुम्वासीका लागि सरकारले

सिन्धुली प्रहरीको हिरासतमा युवाको मृत्यु प्रकरण छानबिन गर्न डीआईजी नेतृत्वको समिति

काठमाडौं- प्रहरीले सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा एकजना युवकको

एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले एकै पटक १७ जना चिकित्सकको दर्ता