मेयरको घर र महानगर कार्यालय जलाउनेमा रास्वपाका दुई सभापति, दुवैजना निलम्बनमा परे « Khabarhub

मेयरको घर र महानगर कार्यालय जलाउनेमा रास्वपाका दुई सभापति, दुवैजना निलम्बनमा परे


३० भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा आगजनी र तोडफोडमा राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति नै संलग्न रहेको खुलेको छ।

पोखरा महानगरपालिका–९ नयाँबजारस्थित मेयर आचार्यको घरमा गत मंगलबार जेन-जी समूहको नाममा तोडफोड र आगजानी भएको थियो ।

मेयर आचार्यको घर तोडफोड र आगजनीमा रास्वपा पोखरा महानगरपालिका वडा नम्बर १० का सभापति चन्द्रबहादुर थापासमेत प्रत्यक्ष संलग्न रहेको खुलेको छ।

तोडफोडपछि अहिले भाइरल भइरहेका भिडियोमा सभापति थापाले आचार्यको घरभित्र पसेर सामान जलाइएका देख्न सकिन्छ ।

मेयर आचार्यको घर जलाइरहेको भेटिएपछि रास्वपा गण्डकी प्रदेश अनुशासन आयोगले थापालाई निलम्बन गरेको छ । आयोगका प्रमुख योगेन्द्र केसीले पार्टी आचारसंहिताविपरीत अवाञ्छित गतिविधि गरेकाले थापाको सबै जिम्मेवारी खोसिएको बताएका छन् ।

उता रास्वपाबाट निलम्बित थापाले गल्ती स्वीकारेका छन् । उनले कारबाहीपछि फेसबुकमा लेख्दै उत्तेजित भीडको पछि लागेर केही गलत गरेको स्वीकारेका हुन् ।

उनले मेयर आचार्यको घरमा संयोगले पुगेको बेला घरभित्रका सामान बाहिर निकालेर जलाउन सुझाएको पनि बताएका छन् । उनले छिमेकी घर पनि जल्ने भएकाले आचार्यको घरका सामाना बाहिर ल्याएर आगो लगाउने ठाउँमा फ्याँकेको जिकिर गरेका छन् ।

उनले दोषी ठहर भए कानुनबमोजिम सजाय भोग्न तयार रहेको बताएका छन्। उता मेयर आचार्यले भिडियोअनुसार आफ्नो र महानगर कार्यालय दुवै जलाउन रास्वपा कार्यकर्ता खटिएको बताएका छन् ।

मेयर आचार्यका अनुसार घरका कागजपत्र, तस्बिर र ४ हजार किताब जलेका छन् । जेन-जी आन्दोलन हुनु पहिले नै आचार्य दुबईमा थिए । मेयर आचार्यले आफ्नो घर घुसपैठियाले जनाएको बताएका छन् । उनले मेयर हुँदा कुनै बदमासी नगरेको बताएका छन् ।

उता कास्कीकै मादी गाउँपालिका–६ का वडा सभापति भोजराज पौडेललाई पनि निलम्बन गरेको छ । उनले पनि मेयर आचार्यको घरसहित महानगरको कार्यालयमा आगो लगाएको खुलेको छ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ५ : २८ बजे

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन