एनसेलले भन्यो- हामी फेरी उठ्ने छौँ
गत हप्ताको तोडफोडका घटनाले एनसेलको काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूलाई गम्भीर क्षति पुर्याएको कम्पनीले पुष्टि गरेको छ ।

यी घटनाले कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर जोखिम उत्पन्न गराएको कम्पनीको भनाइ छ ।
‘संकटको समयमा सहज रूपमा सेवाको उपलब्धता सुनिश्चित गर्नका लागि हामीले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गरायौँ । हामीले विगत २० वर्षदेखि नेपाली जनसमुदायलाई सेवा पुर्याउने कार्यलाई प्रमुख प्राथमिकता दिँदै आएका छौँ,’एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शिवम् शिमेन्ट थाल्यो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरसफाइ
सिसिटिभी फुटेजसहित एनसेले दियो प्रहरीमा उजुरी
इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार
कर्मचारीलाई अर्थमन्त्रीले भने : हामी सँच्चिनुको विकल्प छैन
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । उनले पदभार ग्रहणका क्रममा सबै कर्मचारी सच्चिनुपर्ने बताएका छन् ।

उनले सरकारको स्रोत र करदाताको पैसाको सदुपयोग भएको नभएको विषयमा ध्यान दिनुपर्ने पनि बताएका छन् ।
‘मैले काम गर्दा नेपाल सरकारको स्रोतको सदुपयोग हुँदैन कि, करदाताको पैसाको सदुपयोग हुन सक्दैन कि सार्वजनिक सम्पत्तिको सदुपयोग हुन सक्दैन कि, नेपाल सरकारले सार्वजनिक प्रयोगको निम्ति भनेर खरिद गरेको मैले व्यक्तिगत वा अन्य प्रयोगमा गरेको छु कि भनेर यी सबै कुरालाई ध्यान दिएर हामी सँच्चिनै पर्छ’, उनले भने ।
आयोजना कटौती गरी एक खर्ब स्रोत जुटाउन सकिन्छ : अर्थमन्त्री खनाल
गृहमन्त्रीको निर्णय : जेन-जी आन्दोलनमा मृतकका परिवारलाई जनही एक लाख किरिया खर्च
दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)
सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु गरेको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयबाट सहुलियत पसल सुरु भएको हो ।

भाद्र २३, २४ गते भएको जेन-जी आन्दोलन र त्यसको प्रभावका यस वर्ष भने कम्पनीले तामझाम बिना नै बिक्री वितरण सुरु गरेको हो ।
अहिले थापाथलीस्थित प्रादेशिक कार्यालयबाट ५१ प्रकारको खाद्यान्न बिक्रीमा राखिएको प्रमुख धर्मकुमारी राजवंशीले जानकारी दिइन् । यस वर्ष मसलाजन्य वस्तुहरू समेत बिक्रीमा राखिएको उनले जानकारी दिइन् ।
चामल, गहुँ, दाल र केराउमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइएको र चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिएको उनले जानकारी दिइन् ।
खाद्य कम्पनीको चाडपर्वलक्षित सुपथ पसल सुरु
सामान फिर्ता गर्न राजस्व अनुसन्धान कार्यालय बुटवलको अनुरोध
कुलमानको पहिलो निर्णय : डेडिकेटेड ट्रंकलाइनको बक्यौता उठाउने
नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिएका छन् ।

उनले मन्त्रालय सम्हाले पछिको पहिलो निर्णयको रूपमा डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिएका हुन् ।
कुलमान प्राधिकरणको कार्यकारी निर्देशक रहँदा सरकारले बक्यौता रकम उठाउन दिएको थिएन । आज आएर उनले पहिलो निर्णय नै बक्यौता उठाउने गरेका छन् ।
प्रतिक्रिया