एमाले महासचिव पोखरेलद्वारा पार्टी कार्यालय पुनर्निर्माण थाल्न आव्हान « Khabarhub

एमाले महासचिव पोखरेलद्वारा पार्टी कार्यालय पुनर्निर्माण थाल्न आव्हान


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले देशैभरका क्षतिग्रस्त पार्टी कार्यालयको पुनर्निर्माण सुरु गर्न कार्यकर्तालाई आव्हान गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि उनले सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचनाको निर्माणमा योगदान गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिए । 

महासचिव पोखरेलले आगामी असोज ३ गते खरानीको थुप्रोबाटै संविधान दिवस मनाउन निर्देशन दिए ।

‘लामो सङ्घर्षबाट २०७२ सालमा प्राप्त संविधान दिवस असोज ३ गते पर्दछ । उक्त दिवस हामी खरानीकै थुप्रोबाट मनाउने छौँ । सबै जिल्लाले यो कार्यक्रम गर्नुहुनेछ । काठमाडौँ उपत्यकामा पार्टी केन्द्रीय कार्यालयको प्राङ्गणमा कार्यक्रम हुनेछ,’ उनले भने। 

महासचिव  पोखरेलले सधैँ सडकबाट निर्णय नहुने भएकाले सडकबाट प्राप्त उपलब्धीलाई संविधानमा संस्थागत गर्नुपर्ने बताए । उनले अन्तरिम सरकारले भ्रष्टाचार अन्त्य र शुसासनका कदम अघि बढाउदा एमालेले सहयोग गर्ने बताए। अन्तरिम सरकारको मूल काम सुरक्षाको वातावरण बनाउने र समयमा निर्वाचन गराउने भएको उनको भनाइ छ । 
 

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ७ : ०७ बजे

सरकारका प्रवक्ता भन्छन् : सुकुम्बासी बस्तीमा डोजर चल्दैन, बल प्रयोग हुँदैन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंको खोला किनारका सुकुम्बासी बस्तीलाई बल

परराष्ट्रले भन्यो- इरानमा अमृतसहितको रिहाइ प्रक्रिया अघि बढ्दै छ

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिमी एसिया क्षेत्रमा द्वन्द्व कायमै रहेकाले त्यहाँ

सेनाको चेतावनी : भ्रामक सूचना फैल्याउनेलाई कारबाही हुन्छ, निगरानी भइरहेको छ

काठमाडौं- नेपाली सेनाले हालै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा

सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष परियार पक्राउ

काठमाडौं– प्रहरीले सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियारलाई आज पक्राउ

पार्सल तथा उपहार पठाउने नाममा ठगी गरेको आरोपमा लिम्बू पक्राउ

काठमाडौं– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइनमार्फत पार्सल तथा