इरानसँगको नयाँ सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह « Khabarhub

इरानसँगको नयाँ सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

भियना– संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी गर्ने निकायका प्रमुखले सोमबार इरानसँग गत हप्ता भएको सहकार्यको ढाँचा कार्यान्वयन गर्न आह्वान गरेका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)को निगरानी रोकिएपछि ‘विश्वास पुनस्र्थापना’ गर्न आवश्यक रहेको उनले बताएका छन् ।

गत जुनमा इजरायलसँगको युद्धपछि इरानले कायरोमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)सँगको सम्झौतामा सहमति जनाएको थियो ।

इरान र इजरायलबीच १२ दिनसम्म चलेको उक्त युद्धमा इजरायलसँगै अमेरिकाले इरानको प्रमुख आणविक केन्द्रमा आक्रमण गरेका थिए । त्यसयता आइएइएका निरीक्षकहरूले त्यससम्म पहुँच गर्न सकेका छैनन् । आइएइएको वार्षिक महासम्मेलनको उद्घाटनको दिन सम्बोधन गर्दै आइएइएका प्रमुख राफेल ग्रोसीले अब यो सम्झौता कार्यान्वयन गर्ने र विश्वास पुनस्र्थापना गर्न’ र एजेन्सीलाई ‘यी सबै कठिनाइका बाबजुद आफ्नो काम जारी राख्न’ अनुमति दिने बताए ।

“सम्झौता कार्यान्वयन गर्ने गराउने अब इरान र हामी माथिको जिम्मेवारी हो। यसले प्राविधिक उपाय र व्यावहारिक कदमहरूको लागि आवश्यक हाम्रो जिम्मेवारीलाई पुनः शुरू गर्न निर्देशित गर्छ,” ग्रोसीले आफ्नो भाषणमा भने । इरानको सर्वोच्च सुरक्षा निकाय, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को अनुमोदनपछि मात्र नयाँ ढाँचाले संयुक्त राष्ट्रसङ्घका आणविक निरीक्षकहरूलाई पहुँच दिने बताएको छ।

इरानको आणविक ऊर्जा सङ्गठनका प्रमुख मोहम्मद इस्लामीले इरानको आणविक केन्द्रमा भएका आक्रमणपछि इरानसँगको सहकार्यलाई नयाँ व्यवस्थामार्फत अघि बढाइने बताएका छन् । उनले भने, “आणविक स्थल र सुविधाहरूको बिरूद्ध आक्रामकता र खतराको निरन्तरता पछि अति गम्भीर परिस्थितिहरूमा कसरी संलग्नता जारी राख्ने भनेर हाल सुरक्षा सम्झौताको लागि कुनै व्यवस्था गरिएको छैन।”

उनले इरान परमाणु अप्रसार सन्धिको पक्ष राष्ट्र रहेको पनि उक्त अबसरमा बताए । इरान र इजरायलबीचको युद्धपछि इरानले आइएइएलाई निरीक्षणमा रोक लगाएपछि पश्चिमा शक्तिहरूले इरानको आणविक कार्यक्रमको विस्तारबारे बारम्बार चिन्ता व्यक्त गरेका छन् ।

संयुक्त राज्य अमेरिकाले इरानलाई उसको परमाणु कार्यक्रम सीमित गर्ने ऐतिहासिक सम्झौताबाट सनु २०१८ मा एकतर्फी रूपमा पछि हटेपछि तेहरानले पनि क्रमशः सम्झौताबाट पछि हटेको थियो । इरानमाथि लामो समयदेखि आणविक हतियार प्राप्त गर्न खोजेको आरोप लाग्दै आएको छ तर दावीलाई उसले अस्वीकार गर्दै आएको छ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ८ : २० बजे

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल

दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन 

काठमाडौं– औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा

चीन र स्विटजरल्यान्डले दिने अनुदान रकम स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले उत्तरी छिमेकी चीन र युरोपेली मुलुक स्विटजरल्यान्डबाट प्राप्त

हटाइएका सुकुम्वासीलाई सरकारले पुनर्स्थापना खर्च २५ हजार दिने

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौंको नदी किनारबाट हटाइएका भूमिहीन