नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायक : उपराष्ट्रपति यादव « Khabarhub

नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायक : उपराष्ट्रपति यादव


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित हात धुनु कुपोषण, स्वास्थ्य समस्या तथा अन्य रोगहरूको न्यूनीकरणमा सहायक हुने बताएका छन् ।

विश्व हात धुने दिवस, २०२५ को शुभकामना व्यक्त गर्दै उनले यो दिवसले सबैलाई स्वच्छता र स्वास्थ्यप्रति सजग रहन टेवा पुग्ने र यस अवसरमा आयोजना हुने जनचेतनामूलक कार्यक्रमले हात धुनुको सरल र प्रभावकारी अभ्यासलाई जीवनशैलीमा समावेश गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

विश्व हात धुने दिवस (अक्टोबर १५) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा स्वच्छ, सुरक्षित र स्वस्थ जीवनका लागि उनले शुभकामना व्यक्त गरे ।

उपराष्ट्रपति यादवले नियमित हात धुँदा विभिन्न रोगको जोखिम कम हुनुका साथै यसले सामाजिक लाभ, आर्थिक बचत र दीर्घकालीन स्वास्थ्य सुरक्षाको सुनिश्चितता प्रदान गर्ने बताए ।

हात धुनु हैजा, झाडापखाला, रुघाखोकी, निमोनियालगायत सङ्क्रमणजन्य रोगबाट बच्ने सजिलो, सस्तो र प्रभावकारी उपाय हुन् । साबुन र पानीको प्रयोग गरी कम्तीमा २० सेकेण्डसम्म हात धुनु, औँलाहरू, नङहरू राम्ररी सफा गर्नु, हात सफा गरी खाना पकाउनु र खानुअघि, बाथरुम प्रयोग गरेपछि, खोक्दा वा हाछ्युँ गर्दा, नाक छोएपछि हात धुनु अत्यावश्यक छ ।

यसले व्यक्तिगत स्वास्थ्यमा सुधार ल्याउनुका साथै समुदायलाई रोगमुक्त बनाउने दिशामा योगदान पुर्‍याउँछ । 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : १५ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत