प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखको छलफल « Khabarhub

प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखको छलफल


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा प्रमुख दलसँग छलफल सुरु गरेका छन्।प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न सभामुख घिमिरेले बुधबार बिहान ९ बजे बोलाएको बैठक केहीबेर ढिलागरी सुरु भएको छ।

सभामुख घिमिरेले बोलाएको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी)लगायत पार्टीका नेता बैठकमा सहभागी छन्। सभामुखले प्रमुख १० दललाई बैठकमा बोलाएका थिए।

प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनको विरुद्धमा आज सर्वोच्च अदालतमा १० वटा रिट परिसकेको छ।

संसद् पुनर्स्थापनाको पक्षमा रिट परेपछि सभामुख घिमिरेले थप सक्रियता बढाएका हुन्। अब अगाडि बढ्ने योजना बनाउन उनले बैठक बोलाएको बताइएको छ।

बैठकमा सभामुख घिमिरेले संसद् पुनर्स्थापनाबारे दलहरूसँग राय माग्ने बताइएको छ। बुधबार दलसँग छलफल गर्न लागेका सभामुखले बिहीबार कानुन व्यवसायीहरूसँग परामर्श गर्ने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद् सदस्य नरहेकी सुशीला कार्कीलाई भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै कार्कीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटन दुवै असंवैधानिक रहेको भन्दै कानून व्यवसायीहरूले मंगलबार सर्वोच्चमा १० वटा दायर गरेका छन्।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १० : २४ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,