प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखको छलफल « Khabarhub

प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखको छलफल


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा प्रमुख दलसँग छलफल सुरु गरेका छन्।प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न सभामुख घिमिरेले बुधबार बिहान ९ बजे बोलाएको बैठक केहीबेर ढिलागरी सुरु भएको छ।

सभामुख घिमिरेले बोलाएको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी)लगायत पार्टीका नेता बैठकमा सहभागी छन्। सभामुखले प्रमुख १० दललाई बैठकमा बोलाएका थिए।

प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनको विरुद्धमा आज सर्वोच्च अदालतमा १० वटा रिट परिसकेको छ।

संसद् पुनर्स्थापनाको पक्षमा रिट परेपछि सभामुख घिमिरेले थप सक्रियता बढाएका हुन्। अब अगाडि बढ्ने योजना बनाउन उनले बैठक बोलाएको बताइएको छ।

बैठकमा सभामुख घिमिरेले संसद् पुनर्स्थापनाबारे दलहरूसँग राय माग्ने बताइएको छ। बुधबार दलसँग छलफल गर्न लागेका सभामुखले बिहीबार कानुन व्यवसायीहरूसँग परामर्श गर्ने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद् सदस्य नरहेकी सुशीला कार्कीलाई भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै कार्कीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटन दुवै असंवैधानिक रहेको भन्दै कानून व्यवसायीहरूले मंगलबार सर्वोच्चमा १० वटा दायर गरेका छन्।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १० : २४ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक