कामपा-२६ मा ‘डिजिटल ठेगाना प्रणाली’ शुभारम्भ « Khabarhub

कामपा-२६ मा ‘डिजिटल ठेगाना प्रणाली’ शुभारम्भ


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  काठमाडौं महानगरपालिका-२६ ले ‘नियर फिल्ड कम्युनिकेसन’ (एनएफसी) प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’को शुभारम्भ गरेको छ । कामपा-२६ ले आफ्नो वडालाई प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि उक्त प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’को शुभारम्भ गरेको हो ।

उक्त प्रविधिको शुभारम्भ गर्दै काठमाडौं महानगरपालिका-२६ का वडाध्यक्ष एवं महानगरपालिका सुशासन समितिका संयोजक ख्यामराज तिवारीले यो प्रणाली जडान गरेसँगै वडाभित्रका सबै घरको विस्तृत विवरण थाहा पाउन सकिने बताए ।

वडाध्यक्ष तिवारीले आज लैनचौरस्थित वडा कार्यालयमा डिजिटल नम्बर ‘०९ लक्ष द्रव्य ६१११’ कोड सहितको विवरण समावेश गरिएको सूचना पाटी (नम्बरप्लेट) जडान गर्नुभएको छ । कामपा-२६ भित्र लैनचौर, गल्कोपाखा, ठमेल, कपुरधारा, सामाखुशी, रानीबारी, नयाँबसपार्कलगायत क्षेत्रहरू पर्दछन् ।

महानगरले विगत दुई दशकदेखि मेट्रिक ठेगाना प्रणाली लागू गरेको भए पनि उक्त प्रणालीलाई रूपान्तरण गर्दै एनएफसी प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’ सुरु गरेको हो । उक्त प्रणाली सुरु गर्ने वडा नं २६ पहिलो वडा हो ।

यस प्रणालीमा पुरानो ठेगाना तथा बाटोको नामलाई यथावत् राखी ‘क्युआर कोर्ड’ र ‘चिप्स’सहितको ठेगाना समावेश गरिएको सूचना पाटी जडान हुनेछ । जडान गरिएको सूचना पाटीमा नेपाली स्थानीय ‘कोड’सँगै ‘युनिभर्सल गुगल प्लसकोड’ हुने वडाध्यक्ष तिवारीले जानकारी दिए । 

फोहर सङ्कलनको जानकारी दिन, कुनै तथ्याङ्क सङ्कलन गर्न, स्थानीयस्तरबाट कुनै सूचना प्रवाह गर्नुपर्नेलगायत अत्यावश्यक कामका लागि शीघ्र र न्यून लागतमा काम गर्न सकिने वडा कार्यालयले जनाएको छ ।

कामपा-२६ का वडासचिव केदार रिमालले उक्त प्रणाली जडान गरेसँगै वडाभित्र विपद् व्यवस्थापन तथा राजस्व सङ्कलन प्रभावकारी गर्न सकिनुका साथै वडास्तरीय योजना तर्जुमा गर्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त प्रणाली काठमाडौं महानगरपालिका-२६ भित्रका छ हजार ८५० घरधुरीमा जडान हुनेछ । यो प्रणाली जडान गर्न रु ४५ लाख लाग्ने वडासचिव रिमालले जानकारी दिए । घर थपिएसँगै उक्त प्रणाली क्रमशः जडान गरिँदै लगिने वडा कार्यालयले जनाएको छ । रासस
 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ११ : ५४ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक