ओलीको जिकिर : एमाले सधैँलाई सरकारबाट हटेको होइन, कोही भ्रममा नपर्नू « Khabarhub

ओलीको जिकिर : एमाले सधैँलाई सरकारबाट हटेको होइन, कोही भ्रममा नपर्नू


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् ।

बुधबारदेखि सुरू भएको एमालेको दशौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले देशका लागि एमाले चाहिने बताए । एकछिन सरकारबाट हट्दैमा एमाले सधैंका लागि हट्यो भन्ने भ्रममा नपर्न उनले दोहोर्‍याए ।

‘देशका लागि एमाले चाहिन्छ । अहिले हामी एकछिन सरकारबाट हट्दा सधैँका लागि एमाले सरकारबाट हट्यो भन्ने ठानेको होला कतिपयले । यो भ्रममा कोही पनि नपर्दा हुन्छ भन्ने म ठान्छु,’ उनले भने ।

उनले एमाले सरकारमा भएकै बेला चीनसँट ट्रान्स्पोर्ट ट्रान्जिट एग्रिमेन्ट भएको, दैलेखमा ग्यास खानीको सर्वेक्षण गरेको, नवलपरासीको धौवादीमा फलाम कारखानाको सम्भाव्यताका अध्ययन सुरू गरेको बताए ।

ती कामहरु असाधारण महत्वका रहेको बताउँदै उनले अबको केही समयपछि नेपालले व्यवसायिक उत्पादन सुरू गर्ने उनले बताए ।

ओलीले एमालेभित्रै खुट्टा तान्ने मान्छेहरू रहेको पनि बताए । ‘एमालेमा खुट्टा तान्ने, इर्ष्या गर्ने प्रवृत्ति रह्यो, कसरी असफल बनाउने भन्ने रहे’, उनले भने, ‘सरकारले ऐतिहासिक महत्वका काम गर्दा पनि खुट्टा तानियो । आफ्नै दलको सरकार पार्टीकै मान्छेले असफल बनाए ।’

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १२ : ३५ बजे

कृषि बैंकद्वारा ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी

काठमाडौं– कृषि विकास बैंक लिमिटेडले समग्र कर्जा वृद्धि लक्ष्यको ५०

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ