ओलीले जेन-जीका नाममा भदौ २४ गते भएको तोडफोड र आगजनीलाई दिए तमासाको संज्ञा « Khabarhub

ओलीले जेन-जीका नाममा भदौ २४ गते भएको तोडफोड र आगजनीलाई दिए तमासाको संज्ञा


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनलाई तमासाको संज्ञा दिएका छन्।

बुधबारदेखि ललितपुरमा सुरू भएको एमालेको दशौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले जेन-जीका नाममा भएको विध्वंश योजनावद्ध रहेको सुनाए ।

‘भदौ २३ र २४ गते जुन प्रकारको घटना नेपालमा भएको छ, यो विश्व श्रृंखलाका रुपमा अघि बढेको छ। यो आन्दोलन विश्वभर फैलिँदै छ’, उनले भने, ‘अहिले जे घटना भए यी कति वर्षदेखि योजना बनाएर, तयारीसहित भएका हुन् । केही वर्षअघिबाटै संसद् मान्दिनँ भनिरहेका थिए । सिंहदरबार जलाउँछु भनिरहेका थिए । चैत १५ मा पनि संसद् भवन जलाउन खोजिएको थियो ।’

उनले जेन-जीका नाममा होटल, शिक्षण संस्था, व्यक्तिका घर, कार्यालय, पार्टी कार्यालय र सरकारी सम्पत्ति जलाउने काम भएको भन्दै त्यसमा गम्भीर आपत्ति जनाए ।

उनले प्रहरीमाथि भएको आक्रमणलाई गम्भीरतापूर्वक लिए । उनले प्रहरीमाथि आक्रमण हुँदा कसैले पनि नरोकेको भन्दै नेपाली सेनासँग असन्तुष्टि जनाए ।

‘आन्दोलनका नाममा प्रहरीको बर्दी खोस्ने, प्रहरी कार्यालय जलाउने, प्रहरीको हत्या गर्ने तमासा निर्वाध भए’, उनले भने, ‘यी सबै तमासा हुँदा कसैले पनि रोकेन। रमिता हेरेर बसिरहे । यत्रो तमासा हुन्छ भन्ने लागेको थियो । तर चाहेर पनि नचाहेर पनि रोक्न सकिएन ।’

उनले भदौ २३ र २४ गते नै देशमा ठूलो घटना गराउने तयारी भएको जानकारी आफूलाई रहेको बताए । ‘त्यसै दिन यो घटना गराउने तयारी भएको थियो । यस पटक विभिन्न कारणले रोक्न सकिएन’, उनले भने, ‘अध्यक्ष एक्लैले हनुमानको जस्तो गधा लिएर सबैलाई ठेगान लगाउने त होइन हो । पार्टीकै स्थिति पनि त्यसविरुद्ध जुध्ने थिएन । अब चाहिँ यसका लागि तयारी गर्नुपर्छ ।’

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १२ : ५२ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको