ओलीले जेन-जीका नाममा भदौ २४ गते भएको तोडफोड र आगजनीलाई दिए तमासाको संज्ञा « Khabarhub

ओलीले जेन-जीका नाममा भदौ २४ गते भएको तोडफोड र आगजनीलाई दिए तमासाको संज्ञा


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनलाई तमासाको संज्ञा दिएका छन्।

बुधबारदेखि ललितपुरमा सुरू भएको एमालेको दशौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले जेन-जीका नाममा भएको विध्वंश योजनावद्ध रहेको सुनाए ।

‘भदौ २३ र २४ गते जुन प्रकारको घटना नेपालमा भएको छ, यो विश्व श्रृंखलाका रुपमा अघि बढेको छ। यो आन्दोलन विश्वभर फैलिँदै छ’, उनले भने, ‘अहिले जे घटना भए यी कति वर्षदेखि योजना बनाएर, तयारीसहित भएका हुन् । केही वर्षअघिबाटै संसद् मान्दिनँ भनिरहेका थिए । सिंहदरबार जलाउँछु भनिरहेका थिए । चैत १५ मा पनि संसद् भवन जलाउन खोजिएको थियो ।’

उनले जेन-जीका नाममा होटल, शिक्षण संस्था, व्यक्तिका घर, कार्यालय, पार्टी कार्यालय र सरकारी सम्पत्ति जलाउने काम भएको भन्दै त्यसमा गम्भीर आपत्ति जनाए ।

उनले प्रहरीमाथि भएको आक्रमणलाई गम्भीरतापूर्वक लिए । उनले प्रहरीमाथि आक्रमण हुँदा कसैले पनि नरोकेको भन्दै नेपाली सेनासँग असन्तुष्टि जनाए ।

‘आन्दोलनका नाममा प्रहरीको बर्दी खोस्ने, प्रहरी कार्यालय जलाउने, प्रहरीको हत्या गर्ने तमासा निर्वाध भए’, उनले भने, ‘यी सबै तमासा हुँदा कसैले पनि रोकेन। रमिता हेरेर बसिरहे । यत्रो तमासा हुन्छ भन्ने लागेको थियो । तर चाहेर पनि नचाहेर पनि रोक्न सकिएन ।’

उनले भदौ २३ र २४ गते नै देशमा ठूलो घटना गराउने तयारी भएको जानकारी आफूलाई रहेको बताए । ‘त्यसै दिन यो घटना गराउने तयारी भएको थियो । यस पटक विभिन्न कारणले रोक्न सकिएन’, उनले भने, ‘अध्यक्ष एक्लैले हनुमानको जस्तो गधा लिएर सबैलाई ठेगान लगाउने त होइन हो । पार्टीकै स्थिति पनि त्यसविरुद्ध जुध्ने थिएन । अब चाहिँ यसका लागि तयारी गर्नुपर्छ ।’

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १२ : ५२ बजे

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७