गाजाको राफा नाका आजदेखि खोलिने, छ सय सहायता सवारी प्रवेश गर्ने तयारी « Khabarhub

गाजाको राफा नाका आजदेखि खोलिने, छ सय सहायता सवारी प्रवेश गर्ने तयारी


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायलले गाजाको राफा नाका बुधबारदेखि पुनः खोल्ने निर्णय गरेको छ, जसबाट इजिप्ट हुँदै गाजामा मानवीय सहयोगका सामग्री पठाइने छन् । 

इजरायली सार्वजनिक प्रसारण संस्थाका अनुसार, संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय संस्था, निजी क्षेत्र र दातृ राष्ट्रहरूले पठाउने करिब ६ सय सवारी साधन गाजातर्फ पठाइने तयारी भइरहेको छ ।

गाजामा दुई वर्षदेखि जारी द्वन्द्वका कारण खाद्यान्न, औषधि र अन्य आधारभूत सेवाको गम्भीर अभाव भएको छ । संयुक्त राष्ट्रसंघ र विभिन्न सहयोगी संस्थाहरूले बारम्बार राफा नाका खोल्न आग्रह गर्दै आएका थिए ।

संयुक्त राष्ट्रसंघले गत साउन महिनामा गाजामा दुर्भिक्ष भएको घोषणा गरे पनि इजरायलले त्यो दाबी अस्वीकार गरेको थियो ।

राफा नाका खोल्ने निर्णय इजरायली राजनीतिक नेतृत्वको सहमतिमा गरिएको हो । यो निर्णय हमासले मङ्गलबार राति थप चार जना बन्धकको शव फिर्ता गरेपछि लिइएको हो । हालै सुरु भएको युद्धविराम सम्झौताअनुसार, हमासले सबै बन्धकहरू जिउँदो वा मृत ७२ घण्टाभित्र फिर्ता गर्नुपर्ने शर्त रहेको छ ।

हालसम्म हमासले २० जना जिउँदो बन्धकहरू फिर्ता गरिसकेको छ, तर २८ जना मृतकहरूमध्ये केवल ८ जनाको मात्र शव फिर्ता गरिएको छ ।
इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन गभिरले यदि बाँकी बन्धकहरूको शव फिर्ता नगरिएमा गाजामा सहायता बन्द गरिने चेतावनी दिनुभएको छ ।

इजरायली सञ्चार माध्यमका अनुसार, बुधबार थप चार जना बन्धकको शव फिर्ता हुने जानकारी पाएपछि राफा नाका खोल्ने निर्णय गरिएको हो । यद्यपि, हमासले यसबारे अहिलेसम्म आधिकारिक पुष्टि गरेको छैन ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १२ : ५२ बजे

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत

फेरि ‘रियल सुपरस्टार’को ट्याग, हिरो पनि स्वीकार्छन्

काठमाडौं – मेकरहरू आफ्नो फिल्मको हिरोको नामको अगाडि विभिन्न ट्याग

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

रुकुमपूर्व– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सोमबार मनोनयन