प्रधानमन्त्री कार्कीलाई ओलीको प्रश्न : पहिला असंवैधानिक भएको संसद् विघटन अहिले कसरी संवैधानिक भयो ? « Khabarhub

प्रधानमन्त्री कार्कीलाई ओलीको प्रश्न : पहिला असंवैधानिक भएको संसद् विघटन अहिले कसरी संवैधानिक भयो ?


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चुनावको वातावरण तयार नपारेको आरोप लगाएका छन्।

बुधबारदेखि ललितपुरमा सुरू भएको एमालेको दशौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सरकार असंवैधानिक र अराजक रहेको भन्दै पूर्व प्रधानमन्त्री सुशीला कार्कीले के गर्नुहुन्छ, के गर्नु हुँदैन भन्ने कुराको हेक्का राख्नुपर्ने ओलीले बताएका छन् ।

‘पहिला आफैले प्रतिनिधिसभा विगठन गरेको असंवैधानिक ठहर गरेर निर्णय गर्ने । अनि आफैले गठन गरेको सरकार चाहिँ संवैधानिक हो ?’, ओलीले प्रधानमन्त्री कार्कीलाई सोधे, ‘यो सबै घटनाक्रम नियोजित रूपमा भएको छ, मैले यो घटनाक्रम नयाँ लिइरहेको छु।’

पहिले आफैंले प्रतिनिधिसभा विगठन गर्नु असंवैधानिक रहेको भनेर कार्कीले ब्याख्या गरेको उनको तर्क छ । ‘पहिले आफैंले असंवैधानिक भनिसकेपछि अहिले आफैंले प्रतिनिधिसभा विगठन गरेर नयाँ सरकार बनाउन लाग्ने काम भयो’, ओलीले कार्कीलाई लक्षित गर्दै भने, ‘उहाँ नियोजित रूपमा काम गरेको देखिएको छ। पूर्वप्रधानन्यायाधीशले आफैं फैसला गरेर आफैं प्रधानमन्त्री हुने काम भएको छ। आफैंले असंवैधानिक रुपमा विघटन गर्ने काम भएको छ ।’

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १ : ०१ बजे

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको

‘जेनजी’ आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने

‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी’ आन्दोलनका अगुवाले राखेका विषयलाई