प्रधानमन्त्री कार्कीलाई ओलीको प्रश्न : पहिला असंवैधानिक भएको संसद् विघटन अहिले कसरी संवैधानिक भयो ? « Khabarhub

प्रधानमन्त्री कार्कीलाई ओलीको प्रश्न : पहिला असंवैधानिक भएको संसद् विघटन अहिले कसरी संवैधानिक भयो ?


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चुनावको वातावरण तयार नपारेको आरोप लगाएका छन्।

बुधबारदेखि ललितपुरमा सुरू भएको एमालेको दशौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सरकार असंवैधानिक र अराजक रहेको भन्दै पूर्व प्रधानमन्त्री सुशीला कार्कीले के गर्नुहुन्छ, के गर्नु हुँदैन भन्ने कुराको हेक्का राख्नुपर्ने ओलीले बताएका छन् ।

‘पहिला आफैले प्रतिनिधिसभा विगठन गरेको असंवैधानिक ठहर गरेर निर्णय गर्ने । अनि आफैले गठन गरेको सरकार चाहिँ संवैधानिक हो ?’, ओलीले प्रधानमन्त्री कार्कीलाई सोधे, ‘यो सबै घटनाक्रम नियोजित रूपमा भएको छ, मैले यो घटनाक्रम नयाँ लिइरहेको छु।’

पहिले आफैंले प्रतिनिधिसभा विगठन गर्नु असंवैधानिक रहेको भनेर कार्कीले ब्याख्या गरेको उनको तर्क छ । ‘पहिले आफैंले असंवैधानिक भनिसकेपछि अहिले आफैंले प्रतिनिधिसभा विगठन गरेर नयाँ सरकार बनाउन लाग्ने काम भयो’, ओलीले कार्कीलाई लक्षित गर्दै भने, ‘उहाँ नियोजित रूपमा काम गरेको देखिएको छ। पूर्वप्रधानन्यायाधीशले आफैं फैसला गरेर आफैं प्रधानमन्त्री हुने काम भएको छ। आफैंले असंवैधानिक रुपमा विघटन गर्ने काम भएको छ ।’

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १ : ०१ बजे

पर्वतको जलजलामा बायो कम्पोष्ट मल उद्योग सञ्चालन

पर्वत– पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी गरेर

भोलि फेरि बस्नेगरी सकियो खड्काले डाकेको बैठक

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेकोे पूर्वपदाधिकारीहरुको

विश्व सम्पदा दिवसमा महागौरी (पार्वती) मूर्ति मरूमा पुनर्स्थापना हुने

काठमाडौं– विश्व सम्पदा दिवसको अवसरमा महागौरी (पार्वती) देवीको ऐतिहासिक मूर्ति

लघुकथाकृति ‘आमाको आँखा’ को लोकार्पण

काठमाडौं– लघुकथाकार शोभा अधिकारीको पहिलो लघुकथाकृति ‘आमाको आँखा’ को आज

लेबनानमा भएको हमलामा एक शान्ति सैनिकको मृत्यु, तीन घाइते

काठमाडौं- लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति सेना (युनिफिल) माथि आक्रमण