मैले हट्नुपर्छ भनेर फेसबुकले निर्णय सुनाउने होइन : केपी ओली « Khabarhub

मैले हट्नुपर्छ भनेर फेसबुकले निर्णय सुनाउने होइन : केपी ओली


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आलोचना भए पनि आफू पार्टी नेतृत्वबाट हट्न नहुने स्पष्ट पारेका छन् ।

बुधबारदेखि ललितपुरमा सुरू भएको एमालेको दशौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले तत्कालै पद छोड्ने कुनै योजना नरहेको र निर्णय गर्ने स्थान केन्द्रीय समिति एवम् महाधिवेशन नै भएको बताए ।

ओलीले भने ‘मैले हट्नुपर्छ भनेर फेसबुकले निर्णय सुनाउने होइन’, उनले थपे, ‘यो कमिटीले भन्छ भने म छोड्छु। यो आदेश दिने ठाउँ हो, म जुनसुकै आदेश मान्छु।’

उनले केही सदस्यहरुले बैठकबाहिर निस्केर सामाजिक सञ्जालमा लोकप्रियतावादी लेख्ने अभ्यासप्रति तिव्र असन्तोष व्यक्त गरे । उनले नेताहरूलाई सर्वसाधारणमा भ्रम फैलाउने व्यवहार रोक्न पनि चेतावनी दिए। ‘यो कमिटीमा बसेर यो कमिटीको कोही सदस्यले बाहिर गएर फेसबुकमा लेखेर लोकप्रियतावादको पछि कुदेर लेखिरहेका छन्,’ उनले भने, ‘मैले एमाले अध्यक्षबाट हट्नुपरे यो कमिटीले निर्णय गरोस् । म यहाँबाट निर्णय भए सहज रुपमा स्वीकार्छु, कालो मुख लगाएर जान्न ।’

अध्यक्ष ओलीले विरोधीहरूको आलोचना र आक्रोशलाई राजनीतिक उद्देश्यले व्यवस्थापन गरिनु नहुने तर्क गरे । पार्टी कार्यालय र घरमा आगो लगाउन मन लागेकाले जलाएका छन्’, उनले भने, ‘विरोधीहरूले मन नपराएरै आगो लगाएका हुन् ।’

आफ्नो आलोचना सन्दर्भमा ओलीले सक्दो बचाउ गरे । ‘मैले भ्रष्टाचार गरेको, आचरण खराब गरेको, देश विकासको काम नगरेको होइन। काम गर्ने जाँगर छैन भन्ने पनि होइन’, उनले भने, ‘पार्टीको निर्णायक निकायले नै भविष्यमा के गर्छ त्यहीअनुसार अघि बढ्ने हो । मलाई केन्द्रीय कमिटीले र महाधिवेशनले हटाउने हो, सामाजिक सञ्जालले होइन ।’

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १ : १५ बजे

आशिकाविरुद्ध उत्रिए धादिङका सबै स्थानीय तह, गैरकानुनी निर्देशन नमान्ने

धादिङ- धादिङ क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका

विश्वप्रकाशले भने : सभापतिको राजीनामा अस्वीकृत हुन्छ, त्यही प्रस्ताव ल्याउँछौँ

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सभापति गगनकुमार थापा

अवैध लागूऔषधसहित तीनजना पक्राउ

‍काठमाडौं–  काठमाडौंको नागार्जुन नगरपालिका-६ शरणपुर चोक नजिक कैलास बैकुण्ठ खाजा तथा सेकुवा

कांग्रेसका ७८ वर्षीय केसीले अरू सांसदलाई शपथ खुवाउने

काठमाडौं- नेपाली कांग्रेसका समानुपातिक सांसद अर्जुननरसिंह केसीले नवनिर्वाचित अरू सांसदहरूलाई

लघुवित्तका उपलब्धि, समस्या र चुनौतीबारे छलफल हुने

काठमाडौं– लघुवित्त कार्यक्रमको उपलब्धि, समस्या र चुनौतीबारे छलफल गर्दै भावी