सामुदायिक विकासमा सघाउँदै तनहुँ जलविद्युत् आयोजना « Khabarhub

सामुदायिक विकासमा सघाउँदै तनहुँ जलविद्युत् आयोजना


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सामुदायिक विकास कार्यक्रमअन्तर्गत साउन र भदौमा पाँच योजना सम्पन्न गरेको छ । 

ऋषिङ गाउँपालिका-१ र म्याग्दे गाउँपालिका-१ लिवाङखोला जोड्ने झोलुङ्गे पुल मर्मत, ऋषिङ-१ स्थित ठाँटी निर्माण तथा दुले लोक्मा पैदलमार्ग निर्माण, व्यास नगरपालिका-१ स्थित सेतीछाब्दी घाट संरक्षण, ऋषिङ-१ स्थित तल्लो सेटाङ भाल्कोन सडक निर्माण र ऋषिङ-७ स्थित कोटदरवार माच्दाङ सडक स्तरोन्नति योजना सम्पन्न भएका आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार आयोजना प्रभावित क्षेत्रहरूमा उपभोक्ता समितिमार्फत सामुदायिक विकास तथा जीविकोपार्जन पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिएको हो ।

भण्डारीले उपभोक्ता समितिमार्फत सञ्चालित योजनाको वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायक निकायबाट नियमित रूपमा अनुगमन गरिएको बताए। उनका अनुसार यस अवधिसम्म सामुदायिक विकासतर्फका ७९ वटा योजना सम्पन्न भइसकेका छन् भने १३ वटा सञ्चालित छन् ।

 व्यास-५ स्थित पराशर माध्यमिक विद्यालयको प्रवेशद्वारा मर्मत, म्याग्दे-३ को किलचोक शाखा सडकको नाली निर्माण, ऋषिङ-१ मिलन सडकको नाली निर्माण, ऋषिङ-७ को डाँडीवन चुलेसी पहुँच मार्ग, व्यास-५ को सेतीमादी घाट सुधार, भिमाद-५ को वानटाङ खोलामा पक्की पुल निर्माण जारी रहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए । 

उनका अनुसार व्यास-५ मा पहुँच सडकसँग जोडिएको स्थानबाट गाउँतर्फ जाने सडक निर्माण, सेतीनदी दायाँ किनार संरक्षण र खानेपानी मुहान सुदृढीकरण कार्यक्रम जारी छन् । ऋषिङ-१ मा खानेपानी मुहान तथा पाइप सुधार सहयोग कार्यक्रम, खानेपानी मुहान सुदृढीकरण तथा पाइप जडान र तल्लो सेटाङ भाल्कोन सडक निर्माण भइरहेको जनाउँदै उनले भिमाद(-५ को मिछुर्लुङ खानेपानी आपूर्ति योजनाका लागि विद्युतीकरणसम्बन्धी कार्य जारी रहेको बताए।

आयोजना निर्माणका लागि समुदायको महत्त्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिइएको भण्डारीले उल्लेख गरे । उनले भने, ‘समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौँ, विभिन्न सामाजिक काममा आयोजनाको तर्फबाट सहयोग रहँदै आएको छ ।’ 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १ : २२ बजे

प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्दै (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय सभाको बैठक सुरु भएको छ । सोमबार प्रधानमन्त्री

राष्ट्रपति पौडेल र जापानका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हाम्रो

राष्ट्रियसभाको बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ

पदच्युत र टिकट नपाएका कांग्रेस नेता जिल्ला फर्कन आनाकानी 

काठमाडौं– देश फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमय भइसकेको छ ।

तनहुँबाट ६७ निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट