सामुदायिक विकासमा सघाउँदै तनहुँ जलविद्युत् आयोजना « Khabarhub

सामुदायिक विकासमा सघाउँदै तनहुँ जलविद्युत् आयोजना


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सामुदायिक विकास कार्यक्रमअन्तर्गत साउन र भदौमा पाँच योजना सम्पन्न गरेको छ । 

ऋषिङ गाउँपालिका-१ र म्याग्दे गाउँपालिका-१ लिवाङखोला जोड्ने झोलुङ्गे पुल मर्मत, ऋषिङ-१ स्थित ठाँटी निर्माण तथा दुले लोक्मा पैदलमार्ग निर्माण, व्यास नगरपालिका-१ स्थित सेतीछाब्दी घाट संरक्षण, ऋषिङ-१ स्थित तल्लो सेटाङ भाल्कोन सडक निर्माण र ऋषिङ-७ स्थित कोटदरवार माच्दाङ सडक स्तरोन्नति योजना सम्पन्न भएका आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार आयोजना प्रभावित क्षेत्रहरूमा उपभोक्ता समितिमार्फत सामुदायिक विकास तथा जीविकोपार्जन पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिएको हो ।

भण्डारीले उपभोक्ता समितिमार्फत सञ्चालित योजनाको वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायक निकायबाट नियमित रूपमा अनुगमन गरिएको बताए। उनका अनुसार यस अवधिसम्म सामुदायिक विकासतर्फका ७९ वटा योजना सम्पन्न भइसकेका छन् भने १३ वटा सञ्चालित छन् ।

 व्यास-५ स्थित पराशर माध्यमिक विद्यालयको प्रवेशद्वारा मर्मत, म्याग्दे-३ को किलचोक शाखा सडकको नाली निर्माण, ऋषिङ-१ मिलन सडकको नाली निर्माण, ऋषिङ-७ को डाँडीवन चुलेसी पहुँच मार्ग, व्यास-५ को सेतीमादी घाट सुधार, भिमाद-५ को वानटाङ खोलामा पक्की पुल निर्माण जारी रहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए । 

उनका अनुसार व्यास-५ मा पहुँच सडकसँग जोडिएको स्थानबाट गाउँतर्फ जाने सडक निर्माण, सेतीनदी दायाँ किनार संरक्षण र खानेपानी मुहान सुदृढीकरण कार्यक्रम जारी छन् । ऋषिङ-१ मा खानेपानी मुहान तथा पाइप सुधार सहयोग कार्यक्रम, खानेपानी मुहान सुदृढीकरण तथा पाइप जडान र तल्लो सेटाङ भाल्कोन सडक निर्माण भइरहेको जनाउँदै उनले भिमाद(-५ को मिछुर्लुङ खानेपानी आपूर्ति योजनाका लागि विद्युतीकरणसम्बन्धी कार्य जारी रहेको बताए।

आयोजना निर्माणका लागि समुदायको महत्त्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिइएको भण्डारीले उल्लेख गरे । उनले भने, ‘समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौँ, विभिन्न सामाजिक काममा आयोजनाको तर्फबाट सहयोग रहँदै आएको छ ।’ 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १ : २२ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते