शंकर पोखरेलको स्वीकारोक्ति : एमालेका अभियान प्रभावकारी भएनन्, सहरिया नवधनाढ्य र युवा पार्टीबाट टाढिए « Khabarhub

शंकर पोखरेलको स्वीकारोक्ति : एमालेका अभियान प्रभावकारी भएनन्, सहरिया नवधनाढ्य र युवा पार्टीबाट टाढिए


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले युवालाई दुरुपयोग हुनबाट जोगाउने अनेक प्रयत्न गर्दा पनि भदौ २३ र २४ का दुःखद घटना भएको बताएका छन् ।

बुधबार नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले मुलुकलाई प्रतिगमनमा लैजानेहरूले युवालाई दुरुपयोग गरेको कुरा थाहा पाएर विभिन्न कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन नसकेको बताए ।

‘हाम्रा प्रयत्नको तुलनामा षडयन्त्रकारीका षडयन्त्र मुखर रूपमा अघि बढे र भदौ २३ र २४ को घटना भयो,’ उनले भनेका छन् ।

महासचिव पोखरेलले सहरिया नवधनाढ्य र युवाहरू एमालेबाट टाढिँदै गएको बताए।

भूमिहीन, सुकुम्बासी र गरिव जनता पनि विभिन्न आश्वासन र प्रलोभन देखाएर पार्टी विरुद्ध फाकिएका उनको भनाइ छ।

कतिपय वैदेशिक घटनाक्रमले पनि नेपालको जनमत प्रभावित हुने गरेको उनले उल्लेख गरे ।

‘मिसन ग्रासरुटको समयमा प्रत्येक वडामा १० जना युवालाई पहिचान गरी नेतृत्व विकासको योजना बनाइएको भए पनि योजना अपेक्षाअनुसार कार्यान्वयन हुन सकेको छैन’, उनले भने ।

महासचिव पोखरेलले प्रदेशदेखि वडासम्म पार्टीलाई व्यवस्थित गरी युवाबीचको कामलाई अघि बढाउने निर्देशन भए पनि अपेक्षित परिणाम नआएको जानकारी दिए ।

उनले केन्द्रीय सचिवालय बैठकले पार्टी एकताको एजेण्डालाई प्रमुखता दिएको बताउँदै केन्द्रीय कमिटी बैठकले पनि त्यसैलाई प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १ : २७ बजे

आशिकाविरुद्ध उत्रिए धादिङका सबै स्थानीय तह, गैरकानुनी निर्देशन नमान्ने

धादिङ- धादिङ क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका

विश्वप्रकाशले भने : सभापतिको राजीनामा अस्वीकृत हुन्छ, त्यही प्रस्ताव ल्याउँछौँ

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सभापति गगनकुमार थापा

अवैध लागूऔषधसहित तीनजना पक्राउ

‍काठमाडौं–  काठमाडौंको नागार्जुन नगरपालिका-६ शरणपुर चोक नजिक कैलास बैकुण्ठ खाजा तथा सेकुवा

कांग्रेसका ७८ वर्षीय केसीले अरू सांसदलाई शपथ खुवाउने

काठमाडौं- नेपाली कांग्रेसका समानुपातिक सांसद अर्जुननरसिंह केसीले नवनिर्वाचित अरू सांसदहरूलाई

लघुवित्तका उपलब्धि, समस्या र चुनौतीबारे छलफल हुने

काठमाडौं– लघुवित्त कार्यक्रमको उपलब्धि, समस्या र चुनौतीबारे छलफल गर्दै भावी