शंकर पोखरेलको स्वीकारोक्ति : एमालेका अभियान प्रभावकारी भएनन्, सहरिया नवधनाढ्य र युवा पार्टीबाट टाढिए « Khabarhub

शंकर पोखरेलको स्वीकारोक्ति : एमालेका अभियान प्रभावकारी भएनन्, सहरिया नवधनाढ्य र युवा पार्टीबाट टाढिए


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले युवालाई दुरुपयोग हुनबाट जोगाउने अनेक प्रयत्न गर्दा पनि भदौ २३ र २४ का दुःखद घटना भएको बताएका छन् ।

बुधबार नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले मुलुकलाई प्रतिगमनमा लैजानेहरूले युवालाई दुरुपयोग गरेको कुरा थाहा पाएर विभिन्न कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन नसकेको बताए ।

‘हाम्रा प्रयत्नको तुलनामा षडयन्त्रकारीका षडयन्त्र मुखर रूपमा अघि बढे र भदौ २३ र २४ को घटना भयो,’ उनले भनेका छन् ।

महासचिव पोखरेलले सहरिया नवधनाढ्य र युवाहरू एमालेबाट टाढिँदै गएको बताए।

भूमिहीन, सुकुम्बासी र गरिव जनता पनि विभिन्न आश्वासन र प्रलोभन देखाएर पार्टी विरुद्ध फाकिएका उनको भनाइ छ।

कतिपय वैदेशिक घटनाक्रमले पनि नेपालको जनमत प्रभावित हुने गरेको उनले उल्लेख गरे ।

‘मिसन ग्रासरुटको समयमा प्रत्येक वडामा १० जना युवालाई पहिचान गरी नेतृत्व विकासको योजना बनाइएको भए पनि योजना अपेक्षाअनुसार कार्यान्वयन हुन सकेको छैन’, उनले भने ।

महासचिव पोखरेलले प्रदेशदेखि वडासम्म पार्टीलाई व्यवस्थित गरी युवाबीचको कामलाई अघि बढाउने निर्देशन भए पनि अपेक्षित परिणाम नआएको जानकारी दिए ।

उनले केन्द्रीय सचिवालय बैठकले पार्टी एकताको एजेण्डालाई प्रमुखता दिएको बताउँदै केन्द्रीय कमिटी बैठकले पनि त्यसैलाई प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १ : २७ बजे

कृषि बैंकद्वारा ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी

काठमाडौं– कृषि विकास बैंक लिमिटेडले समग्र कर्जा वृद्धि लक्ष्यको ५०

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ