‘म कहिल्यै बिग्रिएको छैन, लहैलहैमा लागेर बिग्रेकाहरू सप्रियुन्’ « Khabarhub

‘म कहिल्यै बिग्रिएको छैन, लहैलहैमा लागेर बिग्रेकाहरू सप्रियुन्’


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरू बिग्रिएको भन्दै प्रश्न उठाएका छन्।

उनले एमालेका नेताहरूले आफूलाई सप्रिन आग्रह गरेको बताउँदै तर आफू कहिल्यै नबिग्रिएको जिकिर गरेका छन् ।

बुधबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा ओलीले भने, ‘केपी ओली बिग्रेको भए पो सप्रिनू । पार्टीका कुरा नगर्ने, बाहिर विरोधीको लहैलहैमा लागेर अनेक खालका हल्ला गर्नेहरू चाहिँ सप्रिनु पर्ने छ।’

ओलीले आफ्नै पार्टीका नेताहरूले अप्ठ्यारो अवस्थामा पनि सहयोग नगरेर लहैलहैमा लागेको आरोपसमेत लगाएका छन्।

उनले अहिलेको सरकार प्रतिगमनबाट बनेको जिकिर गरे । ‘प्रतिगमनबाट बनेको अवैध सरकारबाट चुनाव हुँदैन’, उनले भने, ’अहिलेको सरकारले नै चुनावको वातावरण बिगारेको छ ।’

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १ : ४४ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा