एमालेको महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने ओलीको प्रस्ताव « Khabarhub

एमालेको महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने ओलीको प्रस्ताव


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफैं तेहेरिने योजनामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव गरेका छन् ।

बुधबार एमाले केन्द्रीय कमिटी बैठकमा राजनीतिक तथा समसायिक विषय समेटिएको प्रतिवेदन पेश गर्दै उनले महाधिवेशन यही मंसिरमा गर्ने प्रस्ताव अघि सारेका हुन् ।

पूर्वप्रधानमन्त्री ओली तीन दिनसम्म चल्ने दशौँ केन्द्रीय कमिटीको बैठकमा उक्त प्रस्ताव पेश गरेपछि अब त्यसमा छलफल गरेर निर्णय गरिनेछ ।

ओलीले आफू कुनै हालतमा एमालेको नेतृत्व छाड्ने पक्षमा नरहेको बताएका छन् । उनले बुधबार सम्बोधनका क्रममा फेसबुकमा कसैले लेख्दैमा अध्यक्ष नछाड्ने बताए । बरू केन्द्रीय कमिटी र महाधिवेशनको निर्णयबाट मात्रै नेतृत्व छाड्ने अडान लिएका छन् ।


प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  २ : ०० बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा