मधेसमा अर्को ‘ट्विस्ट’ लोसपापछि एमालेको समर्थनमा कांग्रेसले गर्‍यो सरकारमा दाबी  « Khabarhub

मधेसमा अर्को ‘ट्विस्ट’ लोसपापछि एमालेको समर्थनमा कांग्रेसले गर्‍यो सरकारमा दाबी 


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशको मुख्यमन्त्रीका लागि लोसपा पछि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले समेत  दाबी पेस गरेका छन् । ५८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि यादवले दाबी पेस गरेका हुन् ।

 नेपाली कांग्रेसका २२, नेकपा एमालेका २८ र जनमतका १३ सांसदको हस्ताक्षरसहित यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । यादवको दाबी पेस गर्न यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादवसहितका नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका थिए । यसअघि लोसपा नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री नियुक्त गर्न जमतसहित ६ दलले ५७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्षा दावी पेस गरिसकेका छन् ।

जमतले सरकार बनाउन कित्ता फेरिसकेका छन् । सोनललाई मुख्यमन्त्री नियुक्त गर्न जनमत संसदीय दलका नेता महेशप्रसाद यादवसमेत पुगेका थिए ।

सोनललाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस

कांग्रेस संसदीय दलका नेता यादव आफूले जनमतसहित तीनदलबाट ५८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तका लागि दाबी पेस गरेको बताए । उनले जनमतले सहमति गरे अनुसार नै ५८ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका बताए । 

यता जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले आफूले एमाले–कांग्रेसलाई अर्को गठबन्धनबाट सरकारमा सहभागिता बारे जानकारी गराइसकेको बताए ।

उनले आफूहरूले कांग्रेस र एमालेका संसदीय दलका नेतालाई अर्को गठबन्धनबाट सरकारमा सहभागिता बारे जानकारी गराइसके पनि हाम्रो हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष दाबी पेस गर्नु गलत रहेको बताए । 

यादवले मधेशवादी दल सम्मिलित सरकार बन्नु पर्ने जनताको भावना अनुसार जनमत अघि बढेको बताए । 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  २ : ३८ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत