मधेसमा अर्को ‘ट्विस्ट’ लोसपापछि एमालेको समर्थनमा कांग्रेसले गर्‍यो सरकारमा दाबी  « Khabarhub

मधेसमा अर्को ‘ट्विस्ट’ लोसपापछि एमालेको समर्थनमा कांग्रेसले गर्‍यो सरकारमा दाबी 


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशको मुख्यमन्त्रीका लागि लोसपा पछि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले समेत  दाबी पेस गरेका छन् । ५८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि यादवले दाबी पेस गरेका हुन् ।

 नेपाली कांग्रेसका २२, नेकपा एमालेका २८ र जनमतका १३ सांसदको हस्ताक्षरसहित यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । यादवको दाबी पेस गर्न यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादवसहितका नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका थिए । यसअघि लोसपा नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री नियुक्त गर्न जमतसहित ६ दलले ५७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्षा दावी पेस गरिसकेका छन् ।

जमतले सरकार बनाउन कित्ता फेरिसकेका छन् । सोनललाई मुख्यमन्त्री नियुक्त गर्न जनमत संसदीय दलका नेता महेशप्रसाद यादवसमेत पुगेका थिए ।

सोनललाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस

कांग्रेस संसदीय दलका नेता यादव आफूले जनमतसहित तीनदलबाट ५८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तका लागि दाबी पेस गरेको बताए । उनले जनमतले सहमति गरे अनुसार नै ५८ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका बताए । 

यता जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले आफूले एमाले–कांग्रेसलाई अर्को गठबन्धनबाट सरकारमा सहभागिता बारे जानकारी गराइसकेको बताए ।

उनले आफूहरूले कांग्रेस र एमालेका संसदीय दलका नेतालाई अर्को गठबन्धनबाट सरकारमा सहभागिता बारे जानकारी गराइसके पनि हाम्रो हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष दाबी पेस गर्नु गलत रहेको बताए । 

यादवले मधेशवादी दल सम्मिलित सरकार बन्नु पर्ने जनताको भावना अनुसार जनमत अघि बढेको बताए । 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  २ : ३८ बजे

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो

न्युयोर्क– अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र

प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान

काठमाडौं– आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने