ओलीले भने- नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आयो « Khabarhub

ओलीले भने- नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आयो


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले ११०० भन्दा बढी हातहतियार र झन्डै १ लाख गोलीगठ्ठा अझै पनि अपराधीहरूसँग रहेकाले समाजमा भएरहित अवस्था रहेको बताएका छन् । 

उनले पाँच हजारभन्दा बढी कैदीबन्दी अझै बाहिर रहेकाले तिनीहरूले  पुनः विभिन्न अपराध गर्दै समाजमा भएर त्रासको अवस्था सिर्जना गरिरहेको उल्लेख गरेका छन् ।

‘अनधिकृत समूह र व्यक्तिहरूबाट प्रशासनमा हस्तक्षेप गर्ने विभिन्न विकास आयोजनाहरूमा निःशुल्क सेयर माग्ने र प्रशासनलाई आतंकित बनाउने काम भइरहेको छ तर सरकार देख्या नदेखे गरेर बसेको सरकारको यस नालायक र गैर जिम्मेवारी व्यवहारप्रति हामी खेत प्रकट गर्दछौँ ।’ ओलीले राजनीति प्रतिवेदनमा भनेका छन्, ‘नागरिकले आफ्नो जिउधनको सुरक्षा आफैँ गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यस अवस्थामा नागरिकले आफ्नो सुरक्षाका लागि आफै अग्रसर हुन टोलटोलमा सुरक्षा समिति गठन गर्न टोलको गस्ती गर्न र सुरक्षाकर्मीहरूलाई ध्वस्त सुरक्षा कार्यालय पुन स्थापना लगायतका काममा सहयोग गर्दै  मनोबल उठाउन आग्रह गर्दछु।’ 

ओलीले सरकारले शान्ति सुरक्षा कायम गर्नसमेत असमर्थ रहेको बताएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ३ : ४८ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत