महाभारतमा कर्णको भूमिका निभाएका अभिनेता पंकज धीरको निधन « Khabarhub

महाभारतमा कर्णको भूमिका निभाएका अभिनेता पंकज धीरको निधन


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीभी सिरियल महाभारतमा कर्णको भूमिकाबाट चर्चित अभिनेता पंकज धीरको बुधबार निधन भएको छ । लामो समयदेखि क्यान्सरसँग संघर्ष गरेका उनको केही महिनाअघि गरेको ठूलो शल्यक्रियापछि रोग पुनः देखा परेको र त्यसपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो । 

इन्डिया टुडेका अनुसार, सिने एन्ड टिभी आर्टिस्ट एसोसिएसनले आधिकारिक रूपमा उनको निधनको पुष्टि गरेको छ । संस्थाले एक विज्ञप्तिमा भनेको छ, ‘गहिरो दुःखका साथ हामी हाम्रो ट्रस्टका पूर्व अध्यक्ष तथा सिने एन्ड टिभी आर्टिस्ट एसोसिएसन का पूर्व महासचिव श्री पंकज धीरको असामयिक निधन भएको जानकारी गराउँछौँ।’

पंकज धीरले आफ्नो अभिनय करियर सन् १९८३ मा एम.एस. सथ्यु निर्देशित द्विभाषिक फिल्म सुखाबाट सुरु गरेका थिए । त्यसपछि उनले मलयालम क्राइम–थ्रिलर रन्डम वरावु (१९९०) र राहुल रवैलको जीवन एक संघर्ष (१९९०) मा अभिनय गरे ।

तर उनको करियरको सबैभन्दा ठूलो मोड तब आयो जब उनले महाभारत (१९८८–१९९०) मा कर्णको अविस्मरणीय भूमिका निभाए । यस भूमिकाले उनलाई घर–घरमा चिनिने नाम मात्र दिएको छैन, भारतीय टेलिभिजनको इतिहासमा पनि अमर बनाएको छ ।

महाभारतपछि पंकजले बलिउडमा पनि आफ्नो उपस्थिति छोडेका थिए । उनले सञ्जय दत्तको सडक (१९९१), वबि देओलको सोल्जर (१९९८), शाहरुख खानको बादशाह (१९९९) र अजय देवगनको टर्जन: द वन्डर कार (२००४) जस्ता चर्चित फिल्महरूमा अभिनय गरे ।

सन् १९९४–१९९६ सम्म उनी टेलिभिजन सिरियल चन्द्रकान्तामा पनि देखा परे, जुन देवकी नन्दन खत्रीको १८८८ मा प्रकाशित उपन्यासमा आधारित थियो । यसमा उनले शिवदत्त, अर्थात् कल्पित राज्य चुनारगढका राजाको भूमिकामा दमदार अभिनय प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ४ : १४ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय