विशेष महाधिवेशनको पक्षमा कांग्रेसका २,४८८ प्रतिनिधि, बुझाए हस्ताक्षर « Khabarhub

विशेष महाधिवेशनको पक्षमा कांग्रेसका २,४८८ प्रतिनिधि, बुझाए हस्ताक्षर


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका १४औँ महाधिवेशन प्रतिनिधिहरूले पार्टीको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन् ।  

बुधबार पार्टी कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर बुझाइएको हो ।

कांग्रेस नेता गुरुराज घिमिरेले १४औँ महाधिवेशनका २४ सय ८८ प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै गरेको हस्ताक्षर बुझाइएको जानकारी दिए । 

विधानको धारा १७ (२) बमोजिम महाधिवशेनका ४० प्रतिशत प्रतिनिधिहरूले कारण खुलाइ विशेष महाधिवेशनको माग गरेमा निवेदन परेको तीन महिनाभित्र बोलाउनुपर्ने वैधानिक प्रावधान रहेको उनले बताए ।

नेता घिमिरेले पार्टीको केन्द्रीय समितिले आफूहरूको हस्ताक्षर निवेदनका विषयमा उचित निर्णय लिने धारणा राखे । उनले नियमित महाधिवेशनको तयारीका लागि पार्टीले अग्रसरता नलिएकाले वैधानिक रूपमा महाधिवेशन गर्न आफूहरूले बाटो खोलिदिएको तर्क गरे । 

घिमिरेले आगामी निर्वाचनको तयारीका लागि पनि मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने आफूहरूको मत रहेको उल्लेख गरे । यसअघि विशेष महाधिवेशनको माग गर्दै काँग्रेसका युवा नेताहरूले हस्ताक्षर अभियान चलाएका थिए । 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ५ : ३८ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत