जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु « Khabarhub

जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचय पत्र वितरण कार्य पुनः सुरु भएको छ । 

जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा बन्द भएको राष्ट्रिय परिचय पत्र वितरणको कार्य निर्माण व्यवसायी संघ मोरङले टिनको छानो सहितको भवन निर्माण गरिदिएपछि पुनः शुरु भएको हो । 

बुधवार एक कार्यक्रम बीच मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भवनको उद्घाटन गर्दै सेवा सुचारु भएको जानकारी दिए । भिडभाड व्यवस्थापन गर्दै राष्ट्रिय परिचय पत्र वितरण कार्यलाई सहज रूपमा अघि बढाउने उनले बताए ।

निर्माण व्यवसायी संघ मोरङले करिब १८ लाख रुपैयाको सहयोगमा राष्ट्रिय परिचय पत्रको फोटो खिच्ने भवन बनाइदिएको छ भने राहदानी सेवा फाँट, मुद्दा फाँट र नागरिकता फाँट मर्मत सम्भार गरेको जनाएको छ । 

फोटो खिच्ने कार्य शुरु भए पनि आगजनीका कारण हराएका र नष्ट भएका राष्ट्रिय परिचय पत्र वितरणमा केही समय लाग्ने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ६ : २० बजे

प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा

बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द

भक्तपुर- भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको

करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते

बारा- बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

चितवन- वर्षातसँगै नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै