जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु « Khabarhub

जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचय पत्र वितरण कार्य पुनः सुरु भएको छ । 

जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा बन्द भएको राष्ट्रिय परिचय पत्र वितरणको कार्य निर्माण व्यवसायी संघ मोरङले टिनको छानो सहितको भवन निर्माण गरिदिएपछि पुनः शुरु भएको हो । 

बुधवार एक कार्यक्रम बीच मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भवनको उद्घाटन गर्दै सेवा सुचारु भएको जानकारी दिए । भिडभाड व्यवस्थापन गर्दै राष्ट्रिय परिचय पत्र वितरण कार्यलाई सहज रूपमा अघि बढाउने उनले बताए ।

निर्माण व्यवसायी संघ मोरङले करिब १८ लाख रुपैयाको सहयोगमा राष्ट्रिय परिचय पत्रको फोटो खिच्ने भवन बनाइदिएको छ भने राहदानी सेवा फाँट, मुद्दा फाँट र नागरिकता फाँट मर्मत सम्भार गरेको जनाएको छ । 

फोटो खिच्ने कार्य शुरु भए पनि आगजनीका कारण हराएका र नष्ट भएका राष्ट्रिय परिचय पत्र वितरणमा केही समय लाग्ने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ६ : २० बजे

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै