११ दिनदेखि ठप्प मेची राजमार्ग खुल्यो « Khabarhub

११ दिनदेखि ठप्प मेची राजमार्ग खुल्यो


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मागजोगमाई गाउँपालिका ४ नामसालिङ र इलाम नगरपालिका १० गोदाक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन बनेपछि मेची राजमार्ग सुचारु भएको छ ।

इलामको राजदुवाली खण्डको विकल्पका रूपमा आइतबारदेखि तील्केनी–जोगमाई–सिमलबोलाई हुँदै राजमार्ग जोडिने यो खण्डमा डाइभर्सन निर्माणको काम सुरु गरिएको थियो ।

निर्माण सामाग्री र सडक अवरोधका कारण यो खण्ड सुचारु गर्न चार दिन लागेको सडक डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर पवन भट्टराईले बताए ।

‘१२ दिनदेखि राजमार्ग खोल्न सकिएको छैन, यात्रुहरूलाई सास्ती भएको छ, विपद्का बेला राहत पुर्‍याउन सकिएको छैन, अत्यावश्यक सामाग्रीको अभाव हुने देखेर हामी दिनरात नभनी डाइभर्सन निर्माणमा लागेका थियौ ४ दिनमा बल्ल खोल्न सकियो,’ उनले बताए ।

उनले थपे, ‘अस्थायी रूपमा यो खण्डबाट मेची राजमार्गको अवरोध हटेको छ, राजदुवालीमा पनि काम भइरहेको छ अब त्यसमा लाग्नेछौँ,’ ।

अहिले साना सवारी सहजै आवतजावत गरे पनि ठुला सवारीको हकमा एक दुई ठाउँको साँघुरो घुम्तीमा भने केही असहजता हुन सक्ने उनले बताए ।

तत्कालका लागि उक्त खण्डलाई क्रमशः राम्रो गराउँदै लैजाने उनको भनाई छ ।

सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय इलामले आइतबार सरोकारवालसहित स्थलगत निरीक्षण गरेपछि राजदुवाली खण्डको विकल्पमा तील्केनीबाट मेची राजमार्ग गोदाक जोड्ने मुख्य विकल्पका रूपमा यस खण्ड मर्मत गर्ने निर्णय गरेको थियो ।

उनका अनुसार बेलासे पुल लोड धान्न सक्ने क्षमतामा नरहेको प्रारम्भिक रिपोर्ट छ । उनले भने, ‘त्यहाँबाट आवतजावत गर्न सकिँदैन । पुवाखोलामा काठको पुलबाट साना सवारी आवतजावत गराइएको सुनिएको छ । काठको भारवहन क्षमता मापन गर्ने कुनै यन्त्र छैन, हामीले मानिस मात्रै आवतजावत गर्न भनेका छौँ । सवारी वारपार गर्नु जोखिमपूर्ण हुने अवस्था छ ।’ 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ६ : २८ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य