दशैँ बक्स अफिसबारे अनमोल : उहाँहरुले दर्शकको आर्शिवाद पाउनुभयो « Khabarhub

दशैँ बक्स अफिसबारे अनमोल : उहाँहरुले दर्शकको आर्शिवाद पाउनुभयो


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसी दशैँमा प्रदर्शनमा आएका तीन फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’को कमजोर व्यापारबारे जानकार रहेका पाइएको छ ।

अनमोलले ती फिल्महरुको कमजोर व्यापारबारे टिप्पणी दिएका छन् ।

देशको परिस्थिति र माहोलले गर्दा फिल्महरुको व्यापार कमजोर भएको हुन सक्ने उनको बुझाइ छ ।

तर, कलाकार र मेकरहरुका लागि बक्स अफिस कलेक्सन मात्रै ठूलो कुरा नरहेको उनले बताए ।

उनले भने, ‘बक्स अफिस छुट्टै कुरा हो । तर, आर्शिवाद लिने चाँड दशैँ हो । यो चाँडमा दर्शकबाट सबै फिल्मका कलाकार र मेकरले आर्शिवाद पाउनु भयो यो विशेष कुरा हो ।

असोज ३१ बाट प्रदर्शनमा आउन लागेको अनमोल स्टारर फिल्म ‘जेरी अन टप’को पत्रकार भेटघाट कार्यक्रममा बुधबार प्रश्न सोधिएपछि उनले ती फिल्मको व्यापारप्रति आफ्नो दृष्टिकोण साझा गरेका हुन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ७ : ४७ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित