पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश « Khabarhub

भेपमा सुन तस्करी प्रकरण

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।

सुन तस्करीमा पक्राउ परेका पूर्वसभामुख महराको थुनछेक बहसपछि अदालतले बुधबार यस्तो आदेश गरेको हो ।
 
यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा करिब साढे ८ करोड बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले महरालाई आइतबार ललितपुरको खुमलटारस्थित निवासबाटै पक्राउ गरेको थियो ।

दुबईबाट आएको जहाजमा इलेक्ट्रिक सिग्रेट (भेप) मा लुकाएर ल्याइएको करिब ९ किलो सुन तस्करी प्रकरणमा महराविरुद्ध मुद्दा दायर गरिएको हो ।

सरकारी वकिलको कार्यालयका अनुसार महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार बराबरको बिगो मागदाबी गरिएको थियो । यो मुद्दामा मंगलबारदेखि थुनछेक बहस भएर बुधबार आदेश जारी भएको हो ।

चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर ल्याएको सुन तस्करीमा महराको संलग्नता देखिएको दाबी सीआईबीले गरेको छ। महराविरुद्ध कसुरको पूरक अभियोग सोमबार दर्ता भएको थियो ।

यसअघि बिहीबार मात्रै महराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेर बयान दिएका थिए ।

चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका उनलाई अन्तरिम सरकारले फेरि अनुसन्धानमा तानेको हो । अख्तियारमा बयान दिएर आएको तीन दिनपछि नै महरा सीआईबीको हिरासतमा पुगेर अब जेल यात्रा गर्नुपरेको छ।

यसअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेको पालामा पक्राउ परेका उनलाई बिरामी भएको बहानामा हाजिरी जमानीमा छाडिएको थियो ।

त्यसबेला प्रधानमन्त्री पनि माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए । महरामाथि तीनवर्षअघि विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गराएको प्रकरणमा अख्तियारले अनुसन्धान गरेको थियो।

भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए । तर माओवादीका उपाध्यक्ष उनी सत्ता र शक्तिको भरमा बाहिरै थिए ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ७ : १० बजे

कृषि बैंकद्वारा ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी

काठमाडौं– कृषि विकास बैंक लिमिटेडले समग्र कर्जा वृद्धि लक्ष्यको ५०

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ