फिल्म ‘जेरी अन टप’ : पहिलो पटक भुवन र अनमोल एकै फिल्मको मुख्य कलाकार « Khabarhub

फिल्म ‘जेरी अन टप’ : पहिलो पटक भुवन र अनमोल एकै फिल्मको मुख्य कलाकार


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसीले फिल्म ‘जेरी अन टप’का आफू र आफ्ना बुवा नायक भुवन केसी दुवै शीर्ष भूमिकामा रहेको खुलासा गरेका छन् ।

अनमोलका अनुसार यस फिल्मको महत्त्वपूर्ण भूमिकामा भुवन रहेका छन् । उनले भने, ‘हामी दुवै मुख्य भूमिकामा छौं । बुवासँग मैले ठूलो भूमिकामा लागि स्क्रिन सेयर गरेको यो पहिलो पटक हो ।’

अनमोल फुल फ्लेज हिरो भएपछि उनी र भुवनले फिल्म होस्टलमा स्क्रिन सेयर गरेका थिए । तर, त्यस फिल्ममा भुवन केमियो भूमिकामा थिए ।

फिल्ममा भुवनको भूमिकाबारे अनमोल भन्छन्, ‘उहाँ मेरो बुवाको भूमिकामा हुनुहुन्छ । तर हाम्रो समानन्तर भूमिका छन् ।’

यस फिल्ममा नायिकद्वय आँचल शर्मा, जसिता गुरुङ, कलाकार केदार घिमिरे शीर्ष भूमिकामा रहेका छन् ।

सरोज न्यौपाने प्रस्तुतकर्ता रहेको यस फिल्मको निर्देशक सुयोग गुरुङ हुन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ७ : २५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको