गृहमन्त्रीद्वारा कारागार व्यवस्थापन विभागको निरीक्षण « Khabarhub

गृहमन्त्रीद्वारा कारागार व्यवस्थापन विभागको निरीक्षण


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले आज डिल्लीबजारस्थित कारागार व्यवस्थापन विभागको निरीक्षण गरी त्यहाँबाट प्रदान गरिने सेवा प्रवाह, कैदीबन्दीको सङ्ख्या र अवस्थालगायतका विषयमा जानकारी लिएका छन् । 
    
निरीक्षणपछि मन्त्री आर्यालले कारागारलाई साधन-स्रोत सम्पन्न बनाउन र व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने सन्दर्भमा सुधारका योजना ल्याउन निर्देशन दिनुभएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए । 

सोही अवसरमा मन्त्री अर्यालले ७७ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको कैदीबन्दी पक्राउ, खोजी नियन्त्रण कार्यदललाई सक्रिय बनाउन र जिल्लामा रहेका सुरक्षा एकाइलाई बढीभन्दा बढी परिचालन गरेर कारागार बाहिर रहेका कैदीबन्दीलाई छिटो पक्राउ गर्न पनि निर्देशन दिए ।

 मन्त्री अर्यालले प्रत्येक जिल्लामा निर्वाचनको वातावरण सिर्जना गर्न जिल्ला प्रशासन कार्यालय सक्रिय हुनुपर्ने भनाइ राखे। महानिर्देशक शर्माले भने, ‘आज विभागमा गृहमन्त्री, सचिव र दुई जना सहसचिवको निरीक्षण, निर्देशन कार्यक्रम थियो, सोही अवसरमा मन्त्रीले विभागलाई अझै प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।’

महानिर्देशक शर्माका अनुसार देशैभरीका कारागारमा २९ हजार २१९ जना र  बालसुधार गृहमा एक हजार ४२२ गरी जम्मा ३० हजार ६४१ जनामध्ये १४ हजार ५४९ जना कैदी फरार भएका थिए । फरार मध्ये नौ हजार २१९ फिर्ता आएका छन् भने पाँच हजार ३५९ जना अझै बाहिर छन् । 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ७ : ३८ बजे

दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा

वालिङ– दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २८ जनाको उम्मेदवारी

चुनावी मैदानमा चार पूर्वप्रधानमन्त्री : जोगाउन सक्लान् त विरासत ?

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ४ जना पूर्व

सरकारमा रहेर सेवा गर्नु गौरव र जिम्मेवारी दुवै : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले निष्पक्ष,

इन्दिरा रानामगरको घरमै पुगेर समर्थन गर्दै बालेन

दमक– झापा–५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपामा ९ प्रतिशत मात्रै महिला उम्मेदवार  

काठमाडौं– आसन्न निर्वाचनका लागि १ सय ६४ क्षेत्रमा उम्मेदवार दर्ता गर्दा