गृहमन्त्रीद्वारा कारागार व्यवस्थापन विभागको निरीक्षण « Khabarhub

गृहमन्त्रीद्वारा कारागार व्यवस्थापन विभागको निरीक्षण


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले आज डिल्लीबजारस्थित कारागार व्यवस्थापन विभागको निरीक्षण गरी त्यहाँबाट प्रदान गरिने सेवा प्रवाह, कैदीबन्दीको सङ्ख्या र अवस्थालगायतका विषयमा जानकारी लिएका छन् । 
    
निरीक्षणपछि मन्त्री आर्यालले कारागारलाई साधन-स्रोत सम्पन्न बनाउन र व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने सन्दर्भमा सुधारका योजना ल्याउन निर्देशन दिनुभएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए । 

सोही अवसरमा मन्त्री अर्यालले ७७ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको कैदीबन्दी पक्राउ, खोजी नियन्त्रण कार्यदललाई सक्रिय बनाउन र जिल्लामा रहेका सुरक्षा एकाइलाई बढीभन्दा बढी परिचालन गरेर कारागार बाहिर रहेका कैदीबन्दीलाई छिटो पक्राउ गर्न पनि निर्देशन दिए ।

 मन्त्री अर्यालले प्रत्येक जिल्लामा निर्वाचनको वातावरण सिर्जना गर्न जिल्ला प्रशासन कार्यालय सक्रिय हुनुपर्ने भनाइ राखे। महानिर्देशक शर्माले भने, ‘आज विभागमा गृहमन्त्री, सचिव र दुई जना सहसचिवको निरीक्षण, निर्देशन कार्यक्रम थियो, सोही अवसरमा मन्त्रीले विभागलाई अझै प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।’

महानिर्देशक शर्माका अनुसार देशैभरीका कारागारमा २९ हजार २१९ जना र  बालसुधार गृहमा एक हजार ४२२ गरी जम्मा ३० हजार ६४१ जनामध्ये १४ हजार ५४९ जना कैदी फरार भएका थिए । फरार मध्ये नौ हजार २१९ फिर्ता आएका छन् भने पाँच हजार ३५९ जना अझै बाहिर छन् । 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ७ : ३८ बजे

धमाधम खोलिँदै बेत्रावती जोड्ने अस्थायी ट्रयाक (तस्बिरहरू)

नुवाकोट– रसुवाको भोटेकोशीमा गत भदौ १० मा आएको बाढीले पछिल्लो २८

पाँचथरमा रातको समयमा सवारी आवागमन रोक

पाँचथर– पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई उच्च सतर्कतामा रहन निर्देशन

विराटनगर– मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना औँल्याएसँगै कोशी प्रदेश

कुलेखानी क्षेत्रका तीन ठाउँमा साइरन

बागमती– जल तथा मौसम विभागले केही दिन भारी वर्षासम्मको प्रक्षेपण

प्रकाश सपूतसहित कलाकारको ‘सुरताल म्युजिकल टुर’, १३ सहरमा सांगीतिक माहोल

काठमाडौं– नेपाली संगीतका चर्चित कलाकारहरूलाई एउटै मञ्चमा उभ्याउँदै ‘सुरताल म्युजिकल