अनमोललाई प्रश्न : ‘जेरी अन टप’ले पहिलो पटक १० करोड ग्रस कलेक्सनको अनुभव गराउँछ ? « Khabarhub

अनमोललाई प्रश्न : ‘जेरी अन टप’ले पहिलो पटक १० करोड ग्रस कलेक्सनको अनुभव गराउँछ ?


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसीलाई रुचाउने मेकरहरुले उनलाई ‘मेघा स्टार’को ट्याग दिएका छन् । उनलाई राम्रो फ्यान फलोइङ भएको हिरोका रुपमा पनि चर्चामा आउँछन् ।

तर, अनमोल फुल फ्लेज हिरो भएर १० फिल्ममा अभिनय गरे । तर, कुनैको व्यापार १० करोड पुग्न सकेको छैन । अर्थात् उनले बक्स अफिस कलेक्सन १० करोडको अनुभव लिन पाएका छैनन् ।

चलचित्र विकास बोर्डले आफ्नो २५ औं वार्षिक उत्सवमा सार्वजनिक गरेको सबैभन्दा बढी व्यापार गर्ने फिल्मको सूचीमा अनमोल अटाएनन् ।

जबकी त्यस सूचीको अन्तिमा ‘पुशपति प्रसाद २ : भष्मे डन’ छ । जसको ग्रस कलेक्सन ७ करोड ३२ लाख छ ।

अर्थात्, अनमोलको सबै फिल्मको व्यापार ‘पुशपति प्रसाद २’भन्दा कम छ ।

अहिले नेपाली फिल्महरुको व्यापार सुस्ताएको छ । तर, ‘जेरी अन टप’ले दर्शकबाट राम्रै साथ पाउने अनुमान गरिएको छ । दर्शकले यस फिल्मप्रति चासो राखेको पनि पाइएको छ । ट्रलरले फिल्मको हाइप बढाएको छ ।

सोहीकारणले अनमोललाई प्रश्न सोधिएको थियो, ‘यो फिल्मले १० करोड ग्रस कलेक्सनको अनुभव गर्ने अवसर दिन्छ ?’

अनमोल भने यो फिल्मको व्यापार उच्च हुनेमा आशावादी देखिए ।

उनले अगाडि भने, ‘प्री–बुकिङबाट पनि राम्रो छ । मेरो पनि यो फिल्मको ग्रस कलेक्सन १० करोड कटोस् भन्ने इच्छा हो ।’

अनमोल, नायिकाहरु जसिता गुरुङ र आँचल शर्मा, नायक भुवन केसी शीर्ष भूमिकामा रहको यस फिल्म असोज ३१ बाट प्रदर्शनमा आउँदै छ ।

यसको निर्देशक सुयोग गुरुङ हुन् ।

‘जेरी अन टप’ १० वर्षअघि प्रदर्शनमा आएको अनमोल स्टारर ‘जेरी’को सिक्वेल हो । ट्राभल लभ स्टोरीमा बनेको ‘जेरी’ त्यसबेलाको हिट फिल्म हो ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : ०३ बजे

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की

काठमाडौंमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्बिरहरू)

काठमाडौं– आजबाट काठमाडौंमा सेतो मछिन्द्रनाथ जात्रा सुरु भएको छ ।

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा