ओमानविरुद्ध कुशल भुर्तेलको अर्धशतक « Khabarhub

ओमानविरुद्ध कुशल भुर्तेलको अर्धशतक


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी–२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणमा नेपालका ओपनर कुशल भुर्तेलले दबाबपूर्ण अवस्थामा उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका छन्।

ओमानविरुद्धको खेलमा नेपालले राम्रो सुरुवात गरे पनि मध्यक्रम नचल्दा पारी संकटमा परेको थियो। तर, भुर्तेलले एक छेउबाट जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै पारीलाई स्थिरता दिइरहेका छन् ।

३८ बलमा ५ चौका र १ छक्कासहित अर्धशतक पुरा गरेका भुर्तेल अहिले पनि क्रिजमा जमेका छन्। नेपालले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेपछि लगातार विकेट गुमाएको हो ।

आजको खेलमा आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल सस्तैमा आउट भएका छन् । हाल भुर्तेलसँग आदिल आलम क्रिजमा रहेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ९ : ५७ बजे

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति

आहा रारा गोल्डकप : पुलिसलाई हराउँदै सहारा सेमिफाइनलमा

कास्की – पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब

कांग्रेस देश रूपान्तरण गर्ने स्पष्ट आधारसहित अगाडि बढेको छ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आन्तरिक रूपमा रूपान्तरण

आजका समाचार : राप्रपाको घोषणापत्र सार्वजनिक, देश जलाउने-कुशासन गर्नेहरु हार्ने प्रचण्डको दाबी र युक्रेनमा रुसी आक्रमण जारी

चुनबाङबाट प्रचण्डको चेतावनी- ‘देश जलाउने र कुशासन गर्नेहरू हार्नेछन्’नेपाल कम्युनिष्ट

एकै परिवारका ४ जनाले गरे रक्तदान

काठमाडौं- ११ औँ राष्ट्रिय रक्तदाता दिवसको अवसरमा रक्तदाता संघ नेपाल,