ओमानलाई नेपालले दियो १५२ रनको लक्ष्य « Khabarhub

टी–२० विश्वकप छनोट

ओमानलाई नेपालले दियो १५२ रनको लक्ष्य


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपरसिक्समा ओमानलाई नेपालले जितका लागि १५२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले महत्वपूर्ण अर्धशत प्रहार गरे । ५१ बलको सामना गरेका भुर्तेलले ७ चौका र एक छक्का सहित ६९ रनको योगदान दिए । त्यस्तै अर्का ओपनर आसिफ शेख २४ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले एक रन मात्र बनाउन । आज पनि उपकप्तान दीपेन्द्र सिंह ऐरिको ब्याटिङ चलेन । उनी २ रनमा आउट हुँदा कुलश मल्लले मात्र ७ रन बनाए ।

त्यस्तै आदिल आलमले १६ र गुल्शन झाले १८ रन बनाए । नन्दन यादवले ९ रन बनाउँदा सोम्पाल कामी एक रनमा नटआउट रहे ।

ओमानका लागि नादिम खानले चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २० रन दिए । यसअिघ नै विश्वकपमा छनोट भइसकेको नेपालले आजको खेलमा जित हात पारे ट्रफी जित्ने सम्भावना बलियो हुने छ ।

सुपर सिक्समा यूएई र कतारलाई हराइसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सामाओसँग प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १० : २५ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको