नेपालले लियो ओमानको तेस्रो विकेट « Khabarhub

नेपालले लियो ओमानको तेस्रो विकेट


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपरसिक्समा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याइरहेको ओमानले तेस्रो विकेट गुमाएको छ । नेपालका सोम्पाल कामी, नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका हुन् ।

खेलको तेस्रो ओभरमा ओमानले पहिलो विकेट गुमाएको थियो । तेस्रो ओभरको चौथो बलमा नेपालका सोम्पाल कामीले ओमानका जतेन्दर सिंहको विकेट लिएका थिए ।

त्यस्तै चौथो ओभरको चौथो बलमा नै नन्दनले नेपाललाई दोस्रो सफलता दिलाएका थिए भने दीपेन्दले छठौ ओभरमा रन आउटका रुपमा नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । सात ओभरको खेल सकिँदा ओमानले तीन विकेटको क्षतिमा ३१ रन बनाएको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले महत्वपूर्ण अर्धशत प्रहार गरे । ५१ बलको सामना गरेका भुर्तेलले ७ चौका र एक छक्का सहित ६९ रनको योगदान दिए । त्यस्तै अर्का ओपनर आसिफ शेख २४ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले एक रन मात्र बनाउन । आज पनि उपकप्तान दीपेन्द्र सिंह ऐरिको ब्याटिङ चलेन । उनी २ रनमा आउट हुँदा कुलश मल्लले मात्र ७ रन बनाए ।

त्यस्तै आदिल आलमले १६ र गुल्शन झाले १८ रन बनाए । नन्दन यादवले ९ रन बनाउँदा सोम्पाल कामी एक रनमा नटआउट रहे ।

ओमानका लागि नादिम खानले चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २० रन दिए । यसअिघ नै विश्वकपमा छनोट भइसकेको नेपालले आजको खेलमा जित हात पारे ट्रफी जित्ने सम्भावना बलियो हुने छ ।

सुपर सिक्समा यूएई र कतारलाई हराइसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सामाओसँग प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ११ : ०५ बजे

हर्मुज खोल्न जर्मनीको आग्रह

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघची र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच

जलेका सरकारी स्रेस्ता वैकल्पिक स्रोतबाट प्रमाणीकरण गर्नुपर्छ : अर्थमन्त्री  

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भाद्र २३ र २४ गतेको आन्दोलन

भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु (तस्बिरहरू)

काठमाडौं- काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘नाइमा मोबिलिटी एक्स्पो–२०२६’ सुरु भएको छ

डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै

काठमाडौं– डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएको छ । वित्तीय

गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु

रसुवा– जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक