ओमानविरुद्ध गुल्शनले लिए लगातार दुई विकेट « Khabarhub

ओमानविरुद्ध गुल्शनले लिए लगातार दुई विकेट


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपरसिक्समा नेपालका गुल्शन झाले ओमानविरुद्ध लगातार दुई विकेट लिएका छन् । खेलको १४ औं ओभरका गुल्शनले लगातार दुई विकेट लिएका हुन् । उनले १३.४ नदीम खान र १३.५ ओभरमा जितेन्द्र कुमारको विकेट लिएका हुन् । १४ औं ओभरको खेल सकिँदा ओमानले ७ विकेट गुमाएर ७० रन बनाएको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले महत्वपूर्ण अर्धशत प्रहार गरे । ५१ बलको सामना गरेका भुर्तेलले ७ चौका र एक छक्का सहित ६९ रनको योगदान दिए । त्यस्तै अर्का ओपनर आसिफ शेख २४ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले एक रन मात्र बनाए ।

आज पनि उपकप्तान दीपेन्द्र सिंह ऐरिको ब्याटिङ चलेन । उनी २ रनमा आउट हुँदा कुलश मल्लले मात्र ७ रन बनाए ।
त्यस्तै आदिल आलमले १६ र गुल्शन झाले १८ रन बनाए । नन्दन यादवले ९ रन बनाउँदा सोम्पाल कामी एक रनमा नटआउट रहे ।

ओमानका लागि नादिम खानले चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २० रन दिए । यसअिघ नै विश्वकपमा छनोट भइसकेको नेपालले आजको खेलमा जित हात पारे ट्रफी जित्ने सम्भावना बलियो हुने छ ।

सुपर सिक्समा यूएई र कतारलाई हराइसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सामाओसँग प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ११ : ४० बजे

सानीभेरी नदीमा दुई किशोरीको शव भेटियो, एक किशोरी बेपत्ता

त्रिवेणी– रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा आज

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण

उम्मेदवार रिझाउन अन्टसन्ट बोल्दा सञ्जालमा उछितो

काठमाडौं–  निर्वाचन सम्पन्न भएर मत परिणाम आउने क्रम उत्तरार्द्धमा छ

बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि

एजेन्सी– घरेलु माग कमजोर रहँदा पनि चीनले वर्षको सुरुआत उल्लेखनीय

अस्ट्रेलियाले द्वन्द्वग्रस्त खाडी क्षेत्रमा हतियार पठाउने

काठमाडौं- अस्ट्रेलियाले द्वन्द्वग्रस्त खाडी क्षेत्रमा हतियार पठाउने भएको छ ।