ताकम स्वास्थ्य शिविरमा करिब दुई सय जना लाभान्वित « Khabarhub

ताकम स्वास्थ्य शिविरमा करिब दुई सय जना लाभान्वित


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे ब्यारेकको आयोजनामा शुक्रबार म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा सम्पन्न भएको स्वास्थ्य शिविरमा करिब २०० जना लाभान्वित भएका छन् ।

धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको प्रवर्द्धक अपर म्याग्दी हाइड्रोपावरको सहयोगमा शिविर सञ्चालन भएको हो । शिविरमा ११३ जना महिला र ७१ जना पुरुष गरी १८४ जना लाभान्वित भएका गुरु गोरख गुल्मका गुल्मपति रामभोला खड्काले बताए ।

नेपाली सेनाको श्री नं २३ फिल्ड एम्बुलेन्स गुल्म बागलुङका प्राविधिक सहसेनानी डा. असिम भण्डारी, प्रादेशिक अस्पताल बेनीका डा. सागरबाबु ढकाल, गुरु गोरख गुल्म र ताकम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा दिएका थिए ।

दाँत, आँखा, कान, जनरल चेकजाँच तथा अन्य सेवा प्रदान गरिएको थियो । ताकम, धारापानी, हिलापोखरी, काफलडाडा, शिवाङ, मच्छिम, काफलडाडाका बासिन्दाले सेवा लिएका थिए । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारदेखि ४५ किलोमिटर पश्चिममा रहेको ताकम घना बस्ती भएको वडा हो ।

सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालनका लागि नेपाली सेनालाई सहयोग गरेको अपर म्याग्दी हाइड्रोपावरका वरिष्ठ सामाजिक सुरक्षा प्रबन्धक सुरेश घलेले बताए । उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी समेत दिए । (रासस) 

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ६ : ५१ बजे

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर

गगनको आग्रह : विधानमा चलेका छौँ, कारबाहीको निर्णयले विचलित नबनौँ

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने