समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति « Khabarhub

समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँका तीन ठूला सडक आयोजना निर्माण सुरु भएको लामो समय भएपनि सम्पन्न गर्न नसक्दा चुनौति थपिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरु गरिएका यहाँका तीन सडकलाई समस्याग्रस्त आयोजनामा राखिएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको बजेटबाट सुरु गरिएका जिल्लाका तीन सडकलाई पूर्वाधार विकास कार्यालय तनहुँले समस्याग्रस्त आयोजनाका रूपमा राखेको कार्यालय प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार आँबुखैरेनी छिम्केश्वरी सडक, दुलेगौडा हर्कपुर सडक र भानुमार्ग चन्द्रावती पिलिगार्ग, कुन्छा कालीमाटी सडकलाई समस्याग्रस्त आयोजनाका रूपमा राखिएको जानकारी दिँदै उक्त सडक सम्पन्न हुन नसक्दा समस्या भएको उल्लेख गरे । उनले भने, ‘लामो समयदेखि निर्माण सुरु भएर पनि समयमै काम सम्पन्न हुन नसकेका यी आयोजनामा काम सम्पन्न गराउन खबरदारी गर्दै आएका छौँ ।’

आँबुखैरेनी छिम्केश्वरी सडक (पहिलो खण्ड) कालोपत्रका लागि २०७६ साल मङ्सिर ६ गते सम्झौता भएको थियो । २०७८ फागुन १३ गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद भए पनि पटक–पटक म्याद थप गरिएको कार्यालयले जनाएको छ । उक्त सडक निर्माणको अन्तिम म्याद २०८२ साल असोजसम्म थियो ।

प्रमुख तिवारीका अनुसार उक्त सडकको भौतिक प्रगति ९१ प्रतिशत र वित्तीय प्रगति ८९ प्रतिशत भएको छ । उक्त सडकका लागि ३६ करोड पाँच लाख ५० हजार पाँच सय १५ मा एमएस शर्मा काष्ठमण्डप जेभी बल्खुसँग सम्झौता भएको थियो ।

१६ किलोमिटर लम्बाइ उक्त सडकका लागि ३१ करोड ९२ लाख ९७ हजार चार सय ४२ भुक्तानी भइसकेको छ । गत आर्थिक वर्षमा उक्त सडकका लागि तीन करोड ५० लाख बजेट विनियोजन भएको थियो ।

भानुमार्ग चन्द्रावती पिलिमार्ग कुन्छा कालिमाटी सडक निर्माणका लागि २०७६ साल कात्तिक ४ गते सम्झौता भएको थियो । सम्झौता अनुसार २०७८ माघ १५ गते सम्पन्न गर्नुपर्ने थियो । तर उक्त खण्डमा पनि पटक पटक म्याद थप गरिएको छ । हाल उक्त सडकको म्याद २०८२ साल चैतसम्म थप भएको छ ।

१० दशमलब १२ किलोमिटर उक्त खण्डमा हालसम्म ५० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको छ ।

२३ करोड दुई लाख ८० हजार छ सय ६१ को लागतमा एमएस शङ्करमालि निर्माण सेवा प्रालिसँग सम्झौता भएकामा रु दश करोड ११ लाख एक हजार सात सय ५० भुक्तानी भएको छ । गत आर्थिक वर्षमा उक्त सडकका लागि तीन करोड ५० लाख बजेट विनियोजन गरिएको थियो ।

यस्तै एमएस शङ्करमाली निर्माण सेवाले नै ठेक्का पाएको दुलेगौडा हर्कपुर सडकको काम पनि अलपत्र छ । उक्त सडक स्तरोन्नतिका लागि २०७६ साल कात्तिक ४ गते सम्झौता भएको थियो । २०७८ साल माघ १५ मा सकिनुपर्नेमा उक्त खण्डको म्याद पनि पटक पटक भप भएको छ । हाल २०८२ साल चैत प्रस्ताव गरिएको पूर्वाधारा विकास कार्यालयले जनाएको छ ।

उक्त सडकमा ५० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको छ । हालसम्म १३ करोड चार लाख ११ हजार सात सय ५३ भुक्तानी भएको छ । गत आर्थिक वर्षमा उक्त सडकका लागि दुई करोड बजेट विनियोजन भएको थियो ।

१० दशमलब १८ किलोमिटर सडक स्तरोन्नतिका लागि २५ करोड ९९ लाख दुई हजार आठ सय ९५ मा सम्झौता भएको थियो । शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । (रासस)

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ७ : ११ बजे

प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीद्वारा काठमाडौंबाट उम्मेदवार सिफारिस

काठमाडौँ– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौँ

बिरामीलाई महँगा अस्पताल लैजाने एम्बुलेन्स चालकलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक प्रलोभनमा पारी बिरामीलाई महँगा

रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै मन्त्रालय

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले १०० दिनको अवधिमा

ओखलढुङ्गामा विद्यालय भवनको शिलान्यास, भारतको ४ करोड आर्थिक सहयोग

काठमाडौं– ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि नयाँ

कस्मेटिका २०२५ : नेपालमा पहिलो ठूलो सौन्दर्य, वेलनेस र कस्मेटिक्स एक्स्पो

काठमाडौं– नेपालमा पहिलो पटक आयोजित कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी