क्रोएसिया फिफा विश्वकप–२०२६ मा छनोट « Khabarhub

क्रोएसिया फिफा विश्वकप–२०२६ मा छनोट


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप–२०२६ का लागि क्रोएसिया छनोट भएको छ । आज बिहान सम्पन्न समूह ‘एल’ को खेलमा फारो आइसल्यान्ड्सलाई ३–१ गोलले ले हराउँदै क्रोएसियाले सन् २०२६ को विश्वकपका लागि स्थान सुरक्षित गरेको हो ।

क्रोएसियाका लागि जोस्को ग्वार्डिओल, पेटार मुसा र इभान पेरिसिचले गोल गरेका थिए । फारो आइसल्याण्ड्सका गेझा डेविडले एक गोल गरेका थिए ।

खेलको १६औँ मिनेटमा फारोका डेविडले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएपछि त्यसलाई जोगाउन नसक्दा क्रोएसियाले पुनरागमन जित निकाल्यो ।

क्रोएसियाका ग्वार्डिओलले खेलको २३औँ मिनेटमा टोलीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ५७औँ मिनेटमा मुसा र ७०औँ मिनेटमा पेरिसिचले गोल गर्दै क्रोएसियालाई ३–१ गोलको जित दिलाए ।

यो जितसँगै १९ अंक जोडेको क्रोएसिया समूहको शीर्षस्थानमा छ । पराजित भएको फारो आइसल्याण्ड्स १२ अंकसहित तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको चेक रिपब्लिकको १३ अंक छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ८ : ४५ बजे

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर