खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक « Khabarhub

खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गाईघाट– उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको छ । जिल्ला सदरमुकाम गाईघाटबाट रौतामाई गाउँपालिकाको रौताको मुर्कुची बजार भएर पुवारे, भुटार हुँदै लिम्चुङबुङ गाउँपालिका-५ जाँतेसम्म जोड्ने करिब ४२ किलोमिटर सडकअन्तर्गत रौता-भुटार खण्ड अवरुद्ध भएको थियो ।

गत वर्षको वर्षाले ग्रामीण सडक भत्काउनुका साथै भुटारस्थित रसुवा खोलामा पुल नहुँदा अवरुद्ध बनेको थियो । हालै रसुवा खोलामा अस्थायी पुल निर्माण गरिनुका साथै अन्य अवरुद्ध हटाएपछि यस क्षेत्रका ग्रामीण सडकमा यातायात सञ्चालन हुन थालेका स्थानीय बताउँछन् ।

जाँतेका प्रमेश बूढाथोकीले भने, ‘गत वर्षदेखि यो सडक अवरुद्ध हुँदा यस क्षेत्रका जनतालाई जिल्ला सदरमुकाम गाईघाटलगायत अन्यत्र आवतजावत गर्न कठिनाइ भएको थियो, अहिले अस्थायी पुल निर्माण भएको छ भने अवरुद्ध सडक पुनःनिर्माण गरेपछि सञ्चालन भएको छ ।’

उक्त सडक सञ्चालन भएपछि शुक्रबारदेखि जाँते-भुटार-मुर्कुची-गाईघाटमा बससमेत सञ्चालन हुन थालेको मुर्कुचीका यातायात व्यवसायी कुमार मगरले बताए। लिम्चुङबुङ गाउँपालिका-५ का वडाध्यक्ष केसर राईका अनुसार रौतामाई गाउँपालिकासँग समन्वय गरेर सडक सञ्चालनको पहल गरेपछि अवरोध हटेको हो ।

रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरका अनुसार रौता-भुटार खण्डको रसुवा खोलामा अस्थायी पुल निर्माण गरिएको छ भने बाँकी स्थानका अवरुद्ध सडक खुलाइएपछि यातायात सञ्चालन भएको हो ।

यो सडक सञ्चालन भएपछि जिल्लाको मध्यपहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको जाँते, हिम्मा, रौतामाई गाउँपालिकाको लाफागाउँ, भुटार, रामेटारसहित रौता मुर्कुची पाँबु क्षेत्रका स्थानीयको जिल्ला सदरमुकामसम्म को आवागमन सहज भएको छ ।

रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्रीले पालिका, अन्य सरोकार भएका निकायको पहलबाट अवरुद्ध सडक सञ्चालनमा ल्याइएको बताए।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  १२ : १८ बजे

थाइल्यान्ड-कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास

एजेन्सी– चीनले दक्षिणपूर्व एसियाली कूटनीतिमा आफ्नो भूमिका थप बलियो बनाउने

अदालतको आदेशपछि दीपेन्द्र अग्रवाल धरौटीमा रिहा, सेबोन अध्यक्ष श्रेष्ठको प्रयासमा ब्रेक

काठमाडौं – सेयर बजारका ठूला लगानीकर्ता दीपेन्द्र अग्रवाललाई हिरासतमा राखेर

एकताका नाममा फुट्यो अशोक राईको जसपा, अधिकांश मधेशवादी नेता उपेन्द्रतिर फर्किए

काठमाडौं- पार्टी एकताका नाममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी

उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

काठमाडौं–  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रातको समयमा सवारीसाधन व्यवस्थापनमा

खादामाला प्रवृत्तिप्रति खबरदारी : अतिथिलाई सर्वज्ञानी नबनाऔँ

काठमाडौं- ‘अतिथि देवो भव’ अर्थात् पाहुना भगवानका रुप हुन् ।