अमेरिका-स्विट्जरल्यान्ड व्यापार सम्बन्ध सुदृढ, शुल्क दर घटाइयो « Khabarhub

अमेरिका-स्विट्जरल्यान्ड व्यापार सम्बन्ध सुदृढ, शुल्क दर घटाइयो


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राज्य अमेरिकाले स्विट्जरल्यान्ड (स्विस) आयातमा लाग्ने ३९ प्रतिशत शुल्क घटाएर १५ प्रतिशत पुर्‍याउने सहमति जनाएको छ । उक्त निर्णय शुक्रबार जारी गरिएको ह्वाइट हाउसको वक्तव्यमा उल्लेख गरिएको हो ।

महिनौँको वार्तापछि संयुक्त राज्य अमेरिका, स्विट्जरल्यान्ड र लिकटेन्स्टाइनबीच एक प्रारम्भिक व्यापारिक ढाँचा (फ्रेमवर्क) सम्झौता भएको ह्वाइट हाउसले जनाएको छ ।

सम्झौताका अनुसार स्विट्जरल्यान्ड तथा लिकटेन्स्टाइनका कम्पनीहरूले संयुक्त राज्य अमेरिकामा करिब २०० अर्ब अमेरिकी डलर बराबरको लगानी गर्नेछन्, जस मध्यमध्ये ६७ अर्ब डलर २०२६ भित्र लगानी गरिने छ ।

यो लगानी फार्मास्युटिकल, मेसिनरी, मेडिकल डिभाइस, निर्माण, उन्नत उत्पादन, सुन उत्पादन तथा ऊर्जा पूर्वाधारलगायतका विभिन्न क्षेत्रमा गरिने छ, जसले सबै ५० अमेरिकी राज्यमा हजारौँ रोजगारी सिर्जना गर्ने ह्वाइट हाउसले जनाएको छ ।

देशहरूले यो व्यापार सम्झौताको अन्तिम रूप सन् २०२६ को सुरुतिर सम्पन्न गर्ने लक्ष्य राखेका छन् । १५ प्रतिशत शुल्क दर लागू भएपछि स्विस आयातलाई ‘युरोपियन युनियनले पाएको जस्तै समान व्यवहार’ मिल्ने ह्वाइट हाउसले जारी गरेको तथ्य उल्लेख छ ।

स्विट्जरल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्टमा ३९ प्रतिशत शुल्क लगाएको निर्णयपछि ठूलो प्रभावमा परेको थियो । यो दर उक्त वर्षको अप्रिलमा उहाँले धम्की दिएको ३१ प्रतिशतभन्दा पनि उच्च थियो ।

स्विस भन्सार डेटा अनुसार, संयुक्त राज्य अमेरिका सन् २०२१ देखि स्विट्जरल्यान्डको सबैभन्दा ठूलो निर्यात बजार रहँदै आएको छ, जसले २०२४ मा स्विस कुल निर्यातको १८.६ प्रतिशत हिस्सा समेटेको थियो ।

गत वर्ष रसायन तथा औषधि, घडी उद्योग जस्ता स्विसका प्रमुख उद्योगका लागि अमेरिका सबैभन्दा ठूलो बजार थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  १२ : ५३ बजे

पर्यटकीयस्थल ढुङ्गे बगैँचामा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु

खोटाङ– विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा  बहुसांस्कृतिक

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति