अमेरिका-स्विट्जरल्यान्ड व्यापार सम्बन्ध सुदृढ, शुल्क दर घटाइयो « Khabarhub

अमेरिका-स्विट्जरल्यान्ड व्यापार सम्बन्ध सुदृढ, शुल्क दर घटाइयो


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राज्य अमेरिकाले स्विट्जरल्यान्ड (स्विस) आयातमा लाग्ने ३९ प्रतिशत शुल्क घटाएर १५ प्रतिशत पुर्‍याउने सहमति जनाएको छ । उक्त निर्णय शुक्रबार जारी गरिएको ह्वाइट हाउसको वक्तव्यमा उल्लेख गरिएको हो ।

महिनौँको वार्तापछि संयुक्त राज्य अमेरिका, स्विट्जरल्यान्ड र लिकटेन्स्टाइनबीच एक प्रारम्भिक व्यापारिक ढाँचा (फ्रेमवर्क) सम्झौता भएको ह्वाइट हाउसले जनाएको छ ।

सम्झौताका अनुसार स्विट्जरल्यान्ड तथा लिकटेन्स्टाइनका कम्पनीहरूले संयुक्त राज्य अमेरिकामा करिब २०० अर्ब अमेरिकी डलर बराबरको लगानी गर्नेछन्, जस मध्यमध्ये ६७ अर्ब डलर २०२६ भित्र लगानी गरिने छ ।

यो लगानी फार्मास्युटिकल, मेसिनरी, मेडिकल डिभाइस, निर्माण, उन्नत उत्पादन, सुन उत्पादन तथा ऊर्जा पूर्वाधारलगायतका विभिन्न क्षेत्रमा गरिने छ, जसले सबै ५० अमेरिकी राज्यमा हजारौँ रोजगारी सिर्जना गर्ने ह्वाइट हाउसले जनाएको छ ।

देशहरूले यो व्यापार सम्झौताको अन्तिम रूप सन् २०२६ को सुरुतिर सम्पन्न गर्ने लक्ष्य राखेका छन् । १५ प्रतिशत शुल्क दर लागू भएपछि स्विस आयातलाई ‘युरोपियन युनियनले पाएको जस्तै समान व्यवहार’ मिल्ने ह्वाइट हाउसले जारी गरेको तथ्य उल्लेख छ ।

स्विट्जरल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्टमा ३९ प्रतिशत शुल्क लगाएको निर्णयपछि ठूलो प्रभावमा परेको थियो । यो दर उक्त वर्षको अप्रिलमा उहाँले धम्की दिएको ३१ प्रतिशतभन्दा पनि उच्च थियो ।

स्विस भन्सार डेटा अनुसार, संयुक्त राज्य अमेरिका सन् २०२१ देखि स्विट्जरल्यान्डको सबैभन्दा ठूलो निर्यात बजार रहँदै आएको छ, जसले २०२४ मा स्विस कुल निर्यातको १८.६ प्रतिशत हिस्सा समेटेको थियो ।

गत वर्ष रसायन तथा औषधि, घडी उद्योग जस्ता स्विसका प्रमुख उद्योगका लागि अमेरिका सबैभन्दा ठूलो बजार थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  १२ : ५३ बजे

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी

दार्चुलामा आइतबार बिहानै भूकम्प

बैतडी- दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु

हुल बाँधेर अस्पतालमा बिरामी भेट्न जानु कति उचित ?

बिरामी भएर अस्पताल भर्ना भएका परिवार, इष्टमित्र वा साथी भाइ

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत आयोजना सञ्चालन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा

साँगा-धुलिखेल सडक स्तरोन्नतिको काम कता पुग्यो ?

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु