कोलम्बियाली सैनिकको कारबाहीमा नौ लडाकू मारिए « Khabarhub

कोलम्बियाली सैनिकको कारबाहीमा नौ लडाकू मारिए


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बोगोटा– कोलम्बियाली सैनिकले भेनेजुएला सीमा नजिकको एराउका प्रान्तमा बमबारी गर्दै नौ विद्रोही समूहका लडाकू मारिएको रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।

उक्त कारबाही राष्ट्रपति गुस्ताभो पेट्रोको निर्देशनअनुसार भएको हो, जसले कोकेन तस्करीमा संलग्न विद्रोहिहरूसँगको सङ्घर्षलाई तीव्र बनाउने प्रयास गरिरहेका छन् । राष्ट्रपति पेट्रोमाथि यसअघि विद्रोहिहरूसँग पर्याप्त कदम नचालेको आरोप लागेको थियो ।

स्थानीय सञ्चार माध्यमले जनाएका अनुसार, यस हमलामा उच्चस्तरीय विद्रोही कमाण्डर एन्तोनियो मेडिनालाई मारिएको छ कि भन्ने विषयमा अनुसन्धान भइरहेको छ । मेडिना पूर्व–फार्क लडाकू र नेशनल लिबरेसन आर्मी ९ईएलएन० समूहबीचको रक्तरञ्जित युद्धमा मुख्य भूमिकामा रहेका थिए ।

यस हप्ताको सुरुमा कोलम्बियाली सैनिकले अमेजन क्षेत्रमा रहेका एक पूर्व–फार्क उपसमूहमाथि हवाई हमला गर्दै १९ जना लडाकूको हत्या गरेका थिए ।

राष्ट्रपतिले विद्रोहिहरूसँगको युद्धलाई तीव्र बनाउने निर्देशन दिएका छन्, तर उनको प्रशासनलाई अमेरिकाबाट आलोचना पनि प्राप्त भएको छ । अक्टोबरमा अमेरिकाले पेट्रो, उनका श्रीमती, छोरा र एक उच्च अधिकारीमाथि ऐतिहासिक प्रतिबन्ध लगाएको थियो। ।

उनीहरूलाई मादक पदार्थ तस्करीमा सहकार्य गरेको आरोप लागेको थियो, यद्यपि अमेरिकाले प्रत्यक्ष प्रमाण प्रस्तुत गरेको छैन ।
पेट्रोले सन् २०२२ मा सत्ता सम्हालेपछि सशस्त्र कोकेन उत्पादक समूहहरूसँग वार्ता गर्न प्राथमिकता दिएका थिए ।

पेट्रो पुनः राष्ट्रपति बन्न नसक्ने भएकाले, आगामी चुनावमा यस आलोचनाले उहाँका राजनीतिक सहयोगीहरूलाई असर पुर्‍याउने सम्भावना छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  १ : १५ बजे

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी

दार्चुलामा आइतबार बिहानै भूकम्प

बैतडी- दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु

हुल बाँधेर अस्पतालमा बिरामी भेट्न जानु कति उचित ?

बिरामी भएर अस्पताल भर्ना भएका परिवार, इष्टमित्र वा साथी भाइ

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत आयोजना सञ्चालन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा

साँगा-धुलिखेल सडक स्तरोन्नतिको काम कता पुग्यो ?

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु