जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा « Khabarhub

जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जर्मनी– जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड युरो थप सहयोग गर्ने योजना बनाएको रक्षामन्त्री बोरिस पिस्टोरियसले बताएका छन् ।

मन्त्री पिस्टोरियसले यो घोषणा अन्य युरोपेली रक्षा मन्त्रीहरूसँग संयुक्त पत्रकार सम्मेलनमा गरेका थिए । यसअघि जर्मनीले युक्रेनलाई पाँच सय मिलियन अमेरिकी डलर बराबरको सहयोग गरिसकेको छ ।

बर्लिनले युक्रेनको दीर्घकालीन समर्थनमा प्रतिबद्धता व्यक्त गर्दै, सन् २०२६ मा ११ अर्ब ५० करोड युरोभन्दा बढी सहयोग प्रदान गर्ने योजना रहेको जनाएको छ । जर्मनीको सङ्घीय विदेश कार्यालयका अनुसार, यसअघि करिब ४० अर्ब युरो सैन्य सहायता उपलब्ध गराइसकेको छ ।

गुरुवार जर्मनीका प्रधानमन्त्री फ्रिडरिक मर्जले यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमार्फत संवेदनशील विषयमा विचारविमर्श गरेका थिए । वार्तामा, युक्रेनलाई निरन्तर सहयोग सुनिश्चित गर्नुका साथै भ्रष्टाचार र कानूनी सुधारमा प्रगति गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

त्यसैगरी, युवा यूक्रेनी नागरिकहरूले देश छोडेर अन्य देशतर्फ जाने बढ्दो समस्याबारे पनि दुई नेताबीच छलफल भएको छ ।
 

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  १ : ४० बजे

शैक्षिक सत्र सुरु नहुँदै भर्ना नलिन मन्त्रालयको निर्देशन, अटेरी गरे कारबाही गर्ने चेतावनी 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक