एमाले संकटबाट भाग्ने होइन, सामना गर्ने पार्टी हो : महासचिव पोखरेल « Khabarhub

एमाले संकटबाट भाग्ने होइन, सामना गर्ने पार्टी हो : महासचिव पोखरेल


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले संकटबाट भाग्ने होइन त्यसको सामना गर्ने पार्टी भएको बताएका छन् । 

पार्टीले आयोजना गरेको प्रतिगामी षड्यन्त्रविरुद्ध जनपरिचालन कार्यक्रम अन्तरगत नेपालगञ्जको जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान देशको संकटको निकास एमालेको अगुवाईमा मात्र सम्भव रहेको बताएका हुन् ।

 भदौ २३ र २४ गतेको तोडफोड र विध्वंस नेपाल राज्यलाई कमजोर पार्नका लागि रचिएको षड्यन्त्र भएको उनको भनाइ छ । सिंहदरबार, सर्वोच्च अदालत जस्ता निकायमा आगो लगाएर राज् माथि गम्भिर अपराध गरिएको उनको भनाइ छ । 

यसमा को को संलग्न थिए भन्ने कुरा खुल्दै जाने पोखरेलले बताए। यस विध्वंसमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहको संलग्नताप्रति लक्षित गर्दै पोखरेलले भने ‘देशैभरीका धेरै स्थानीय तह र वडा कार्यालयहरू जलाइए । तोडफोड गरिए । तर काठमाडौं महानगरमा केही गरिएन । वडाहरूमा केही गरिएन । शीतलनिवास जलाइयो छेउमै रहेको निर्मल निवासमा एउटा ढुंगा पनि लागेन । यसबाट यो आगजनी र तोडफोडमा को संलग्न छ भनेर सहजै बुझ्न सकिन्छ ।’

 महासचिव पोखरेलले एमालेका नेता कार्यकर्ता देशमा लोकतन्त्र ल्याउनका लागि लामो समय जेल बसेका, भूमिगत बसेका भएकोले लोकतन्त्र विरोधी सानातिना हमलाबाट बिचलित हुनु नहुने बताए।

 ‘एमालेका नेता कार्यकर्ता लोकतन्त्र प्राप्तीका लागि लामो समय जेल बस्यौँ । लामो समय भूमिगत बस्यौँ । त्यसैले हामीलाई संकटसँग जुध्ने अनुभव छ’ पोखरेलले भने ‘षड्यन्त्रकारीलाई लागेको थियो पार्टी कार्यलय जलाएपछि एमाले सकिन्छ । घर जलाइएपछि नेता कार्यकर्ता सकिन्छन् । तर अहिले मैदानमा हेर्नुभयो भने एमाले भन्दा अरु कुनै शक्ति देख्नु भएको छ ? ’

 उनले राजनीतिक दलका कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी काममा खटिन आह्वान गरेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ४ : १९ बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।