शेन्ज्होउ–२० अन्तरिक्ष यात्रीहरू बेइजिङ फर्किए « Khabarhub

शेन्ज्होउ–२० अन्तरिक्ष यात्रीहरू बेइजिङ फर्किए


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ‘शेन्ज्होउ–२०’ मिशनको सफलतापूर्वक समापनपछि, तीनजना अन्तरिक्ष यात्री शुक्रबार विमानमार्फत बेइजिङ फर्किएका छन् ।

‘शेन्ज्होउ–२०’ चिनियाँ अन्तरिक्ष मिशन हो, जुन तीन अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष स्टेशनमा पठाउन सन् २०२५ को अप्रिल महिनामा प्रक्षिप्‍त गरिएको थियो । मिशनको मुख्य उद्देश्य अन्तरिक्षमा जीवन यापन गर्ने प्रविधि र भविष्यका मिशनहरूको तयारी गर्नु थियो ।

अन्तरिक्ष यात्रीहरू चेन डङ, चेन झोंग्रुई र वाङ जे शेन्ज्होउ–२१ यानमा सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरेका थिए । यान शनिबार बेलुकी ४ः४० बजे उत्तर चीनको इनर मङ्गोलिया स्वायत्त क्षेत्रको डोङफेङ अवतरण स्थलमा अवतरण गर्यो । यानबाट चालक दलका सदस्यहरूले ५ः२१ बजे बाहिर निस्केका थिए ।

चालक दलले २०४ दिन कक्षमा बिताएपछि सबैको स्वास्थ्य राम्रो रहेको  र रिटर्न मिशन सफल भएको चीन म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) ले जनाएको छ ।

अब यी अन्तरिक्ष यात्रीहरू चिकित्सकीय क्वारेन्टिनमा प्रवेश गर्नेछन्, जहाँ उहाँहरूको स्वास्थ्य परीक्षण र मूल्यांकन गरिनेछ । क्वारेन्टिन अवधि पछि उनीहरूले बेइजिङमा मिडियासँग भेट गर्ने कार्यक्रम तय गरिएको छ ।
 

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ४ : ३१ बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।