पशुपति क्षेत्रमा बालाचतुर्दशीको तयारी सुरु « Khabarhub

पशुपति क्षेत्रमा बालाचतुर्दशीको तयारी सुरु


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी सुरु गरिएको छ । 

बाला चतुर्दशीका लागि बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायत तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तयारीका लागि सरोकार भएका निकायसँग बैठक गरी कामको बाँडफाँड गरिएको छ ।

दिवङ्गत पितृको सम्झनामा आफन्तजनबाट मङ्सिर २ गते मंगलबार रातभर दीप प्रज्वलन गरी भोलिपल्ट बुधबारका दिन शतबीजारोपणलाई व्यवस्थित रूपमा गर्न तयारी सुरु गरिएको हो ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृको स्मरणमा बत्ती बाली चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्परा छ । मन्दिर प्राङ्गणको चारैढोका र पश्चिम मूल ढोकासहित बाहिरी परिसरको प्रवेशद्वारमा दीप प्रज्वलन गरी राख्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

बत्ती बाल्न र रातभर जाग्रामका लागि पालभित्र र उपलब्ध हुन सक्ने अन्य स्थानसमेत कोषको तर्पmबाट निःशुल्क उपलब्ध गराइने भएको छ । कसैले पनि शुल्क उठाउन नपाउने गरी कडा निर्देशन दिइएको निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिए ।

मन्दिर प्राङ्गण, मुख्य  क्षेत्रभित्र र ढुङ्गा छापेको, पीच गरेको स्थानमा शतबीज नछर्न र सकेसम्म उम्रने खाली ठाउँमा मात्र छर्न भक्तजनलाई अनुरोध गरिएको उनले बताए।

यस अवसरमा मादक पदार्थ एवम् नशालु पदार्थ बिक्री वितरण तथा उपभोग गर्न निषेध गरिएको छ । यसको अनुगमनका लागि कडा व्यवस्था मिलाइएको कोषले जनाएको छ । भक्तजनलाई महङ्गा र भड्किला गरगहना एवम् छालाका जुत्ता–चप्पल नलगाउन पनि आग्रह गरिएको छ । 

कोषका अनुसार खोजखबर कक्षको सञ्चालन, सञ्चारको प्रभावकारिताका लागि नेपाल टेलिकम र एनसेलबाट विशेष व्यवस्था मिलाइएको छ भने प्रहरी शिविरसँगै एम्बुलेन्ससहितको स्वास्थ्य शिविर राखी प्राथमिक उपचारको व्यवस्था मिलाइने भएको छ । खानेपानी तथा नुहाउने व्यवस्था गर्न कोषले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरी आवश्यक व्यवस्था मिलाइने भएको छ ।

कैलाशडाँडा, उमाकुण्ड, गौरीघाट, किराँतेश्वर, वनकाली, आर्यघाट, मृगस्थली, विश्वरुपलगायत जङ्गलमा पर्ने शतबीज मार्ग एवम् नमोबुद्धमा समेत पर्याप्त बत्तीको व्यवस्था गरिएको र त्यसका लागि नेपाल विद्युत् प्राधिकरणको सहयोग लिई ‘लोड सेडिङ्ग’ नहुने गरी व्यवस्था मिलाइने निमित्त सदस्य सचिव जोशीले बताए।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ६ : ३९ बजे

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण