मानवकल्याण नै सबैभन्दा ठूलो धर्म : प्रदेश प्रमुख भट्ट « Khabarhub

मानवकल्याण नै सबैभन्दा ठूलो धर्म : प्रदेश प्रमुख भट्ट


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवकल्याण नै सबैभन्दा ठूलो धर्म भएको बताएका छन् ।

पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले आज पोखरामा आयोजना गरेको श्री हेमदेवी धर्म संस्कृति तथा समाज सेवा पुरस्कार अर्पण समारोहमा उनले सडक आश्रित सहयोगापेक्षी मानवको हित गर्ने कार्य पनि निकै पुण्यको कर्म भएको बताए । 

समितिका तर्फबाट प्रदेश प्रमुख भट्ट, अध्यक्ष गणेशबहादुर श्रेष्ठले यस वर्ष मानव सेवा आश्रम नेपाललाई संस्थागत पुरस्कार गरे । उनीहरूले आश्रमका सञ्चालक राम्जी अधिकारीलाई संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए। 

समितिका संस्थापक अध्यक्ष स्व हेमबहादुर प्रधानले स्थापना गरेको १५ लाखको अक्षयकोषबाट एक लाख एक हजार राशीको पुरस्कार प्रदान गरिएको हो । प्रदेश प्रमुख भट्टले मानवसेवा आश्रमले सुरु गरेको मानवता प्रवर्द्धनको महाअभियानलाई सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । 

यसअघि राष्ट्रपतिको समुपस्थितिमा विशिष्ट संस्कृतिसाधक स्व सत्यमोहन जोशी, स्वामी आत्मानन्द गिरीजी महाराज, समाजसेवी दुर्गा घिमिरे, संस्कृतिविद् साहित्यकार तुलसी दिवस र स्वामी कमलनयन आचार्य मुक्तिनाथ बाबालाई यस पुरस्कारबाट सम्मान गरिसकिएको साहित्यकार तीर्थ श्रेष्ठले जानकारी दिए।
 

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ७ : २३ बजे

ट्रम्पको धम्कीलाई चुनौती दिँदै पावर प्लान्ट वरिपरि मानव साङ्लो बनाउने इरानको तयारी

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि व्यापक हमलाका लागि निर्धारण

भाउजुका नाममा एसईई दिने नन्द पक्राउ

इनरुवा– जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ

काठमाडौं- नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पद तथा गोपनीयताको शपथ

राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति

टंकको संरक्षणबाट टाढिएका अशोक फिल्मको सुटिङमा सहभागी

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीको संरक्षणबाट टाढिएका बाल